2

Logo २०८३ बैशाख १३ आइतबार
प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै


Sabalnews प्रकाशित मिति : मंगलबार, असार ७ २०७९
855

काठमाडौं ।

प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्दैछ। दिउँसो १ बजे नयाँबानेश्वरमा रहेको संघीय संसद भवनमा बस्ने बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।

संघीय संसद सचिवालयले दिएको जानकारी अनुसार गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर पनि प्रस्ताव प्रस्तुत गरिनेछ । आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले विरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com