2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा जिल्ला भलिवल संघको अध्यक्षमा गुरुङ

पाल्पा जिल्ला भलिवल संघको अध्यक्षमा गुरुङ


Sabalnews प्रकाशित मिति : आइतबार, असार ५ २०७९
3.3K

पाल्पा ।

भलिबल प्रशिक्षक तथा खेलाडी राजु गुरुङ्गको अध्यक्षतामा जिल्ला भलिवल संघ पाल्पाको नयाँ नेतृत्व चयन भएको छ ।

जिल्ला भलिबल संघको साधारण सभा तथा तेस्रो अधिबेशनले गुरुङ्को अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा नारायण सारु र देव बहादुर गाहा, महासचिवमा कृष्ण बहादुर आले, कोषाध्यक्षमा दिल बहादुर गाहा सदस्यहरुमा दिपक चौहान, शुशीला गोदार, कमल राना, हिमाल हिस्की, चिरन फाल, प्रिति शाह, तारा बहादुर थापा, पदम न्यौपाने रहनुभएको छ भने रोशन गाहा र मोहन थापा मनोनित सदस्य चुनिनुभएको छ ।

साथै, भलिबल खेल्ने र खेलाउने तथा भलिबल रुचाउने खेलप्रेमी सहभागी कार्यक्रमले जिल्ला भलिवल संघबाट केन्द्रिय प्रतिनिधिमा पदम न्यौपाने र प्रदेश प्रतिनिधि हरुमा प्रेम श्रेष्ठ र अन्त प्रसाद श्रेष्ठ रहनुभएको छ । नेपाल भलिवल केन्द्रिय समितिका उपाध्यक्ष निरोज मास्केको उपस्थितिमा भएको कार्यक्रममा बोल्दै मास्केले भलिवलको क्रेज बढ्दै गएको र संभावना भएको खेल भलिबल भएको बताउनुभयो ।

निवर्तमान अध्यक्ष तारा बहादुर थापाको संयोजकत्वमा अधिबेशन सत्र भएको हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com