2

Logo २०८३ बैशाख १३ आइतबार
जुवा खेल्दै गरेका ९ जना जुवाडे तनहुँमा पक्राउ

जुवा खेल्दै गरेका ९ जना जुवाडे तनहुँमा पक्राउ


Sabalnews प्रकाशित मिति : शनिबार, असार ४ २०७९
1.1K

तनहु ।

जुवा खेल्दै गरेको अबस्थामा जिल्लाको शुक्लागण्डकी नगरपालिका ७ टुडाबाट प्रहरीले ९ जना जुवाडेलाई शनिबार दिउसो नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहु र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले सुराकीको आधारमा जुवा खेलिरहेको अबस्थामा फेला पारि नगद १ लाख ११ हजार ५ सय ५५ रुपैयाँ सहित तास ४ बुक र रकम (भिस्टिङ) उठाउन प्रयोग गरिएको डब्बा १ थान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

शुक्लागण्डकी ७ टुडाका फन बहादुर गुरुङको घरमा जुवा खेलाईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले कारबाही (अपरेसन) गरेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ ।
बिगत केहि समय देखि शुक्लागण्डकी नगरपालिकामा हुने गरेका अबैध कार्य नियन्त्रण गर्ने कार्यमा बेलचौतारा इलाका प्रहरी कार्यालयले आक्रामक गति लिएको छ । केहि दिन अगाडी अबैध काठ सहित १ वटा ट्याक्टर र १ वटा जीपलाई नियन्त्रणमा लिई आबश्यक कार्बाहीको लागि जिल्ला बन कार्यालय पठाएको थियो । त्यसै गरि अबैध रुपमा नदी किनारमा गिटि बालुवा उत्खनन गर्ने कार्यमा संलग्न २० वटा बिभिन्न प्रकृतिका सवारी साधनहरुलाई नियन्त्रणमा लिई आबश्यक कार्बाहीको लागि शुक्लागण्डकी नगरपालिका पठाएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

कानूनी कार्बाहीबाट मात्र अपराध नियन्त्रण तथा न्यूनीकरण गर्ने कार्य सम्भव नभएको हुंदा साइबर अपराध, लागु औषध नियन्त्रण लगायतका बिषयहरुमा प्रहरीले निरन्तर रुपमा कक्षा ९ र १० मा अध्यनरत बिधार्थीहरुलाई सचेतना कार्यक्रम समेत चलाउदै आइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com