2

Logo २०८३ बैशाख १३ आइतबार
भैरहवाको होटेल पाैवाकाे स्वीमिङ्ग पुलमा डुबेर एक युवाको मृत्यु

भैरहवाको होटेल पाैवाकाे स्वीमिङ्ग पुलमा डुबेर एक युवाको मृत्यु


Sabalnews प्रकाशित मिति : शुक्रबार, असार ३ २०७९
1.2K

भैरहवा ।

भैरहवाको होटल पौवाद्वारा सञ्चालित स्वीमिङ्ग पुलमा डुबेर एकजना युवाको मृत्यु भएको छ ।

गर्मीको समय साथीहरु संग स्वीमिङ गर्न गएका सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षिय सुमित तुलाधरको  स्वीमिङ पुलमा मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलका अनुसार शुक्रबार साथीहरुसंगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर सवा ५ बजेतिर स्विमिङ्ग पुलमा डुबेका थिए ।

तुलाधरलाई उद्दार गरी अस्पताल लगिए पनि उपचारको क्रममा उनको मृत्यु भएको डीएसपी पौडेलले जानकारी दिनुभयो । पौवामा बालबालिका र वयस्कका लागि अलगअलग स्वीमिङ्ग पुल रहेको छ । यससंगै एउटा पोखरी पनि होटल परिसरमा छ । मदिरा जन्य पदार्थ बिक्री हुने सो रेष्टुरेन्टमा हिजोआज गर्मीले  स्वीमिङ जानेहरु बाक्लिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com