र्याप्टिङ गर्ने क्रममा नदीमा बेपत्ताको सकुशल उद्धार
पाल्पा ।
पर्यटकीय रानीमहल क्षेत्रमा डुङ्गामा र्याफि्टङ गर्दा नदीमा बेपत्ताको सकुशल उद्धार गरिएको छ ।
जिल्लाको पर्यटकीय रानीमहल आसपास र्याफि्टङ गरिरहेका उनीहरुको बगनासकाली ७ को भेग पर्ने कालीनदीमा र्याफि्टङ खेल्ने क्रममा डुङ्गा पल्टिएको थियो ।
बिहिबार साझ ६.३० बजे ७ जना चढेको डुङ्गा पल्टिएको हो । जहाँ १ जनालाई चालकले तत्काल तान्न सफल भएका थिए । अन्य ६ जना बेपत्ता भएकोमा तत्काल अस्थायी प्रहरी चौकी रानीमहलको टोलीले उद्धार गरेको थियो ।
अ.प्र.चौ.रानिमहलबाट खटिएको प्रहरी टोलीले स्थानियको सहयोगमा सबै जनालाई सकुसल उद्दार गर्न सफल भएको प्रहरीले जनाएको छ ।