2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर युनाइटेडले जित्यो प्रथम लालीगुराँस फुटसल कपको उपाधी

रामपुर युनाइटेडले जित्यो प्रथम लालीगुराँस फुटसल कपको उपाधी


Sabalnews प्रकाशित मिति : मंगलबार, जेष्ठ ३१ २०७९
4.2K

पाल्पा ।

प्रथम लाली गुराँस फुटसल कपको उपाधी रामपुर युनाइटेडले हात पारेको छ । लालीगुँरास एसोसिएसनको आयोजनामा पाल्पाको रामपुर नगरपालिका ५ मटेरीमा चलेको फुटसलको फाईनल खेलमा ४–२ गोल अन्तरले आयोजक लालीगुराँस एसोसियसनलाई पछि पार्दै रामपुर युनाइटेडले उपाधी हात पारेको हो ।

आयोजक लालीगुरास एसोसिएसन उपविजेतामा चित्त बुझाएको छ । विजेता र उपविजेता समुहले क्रमश नगद २० हजार र १० हजार हात पारेका छन् । विजयी समुहलाई पुरस्कार प्रदान गर्दै रामपुर नगरपालिका ५ का वडाध्यक्ष दुर्गा प्रसाद पोखरेलले खेल जगतको विकास र बिस्तारमा यस्ता प्रतियोगिता उदारणीय हुने बताउदै युवालाई सक्रिय र एकीकृत गरेर सामाजिक अभियानमा जुट्न मद्धत गर्ने उल्लेख गर्नुभयो ।
रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणले खेलकुदको विकासमा सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी केश्वराज श्रेष्ठ,उत्कृष्ट राईजीनड पिलियर क्षितिज राना र उत्कृष्ट गोलकिपर सुमित हमाललाई वडा अध्यक्ष पोखरेलले पुरस्कार प्रदान गर्नुभयो ।

शनिबार देखि चलेको प्रतियोगितामा १४ टिमको सहभागीता रहेको थियो । लालीगुराँस एसोसिएसनका अध्यक्ष आदेश रानाको अध्यक्षतामा भएको पुरस्कार बितरण कार्यक्रम रामपुर फुटसल एकेडेमीका संञ्चालक शम्भु रेग्मीको स्वागत र कमल रानाको संचालनमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com