शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विकास शिक्षकको तबल वृद्धि भएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले २०७८/७९ मा संघीय सरकारले दिँदै आएको ८ हजारमा २ हजार थप गरी १० हजार तलब पुर्याएको जानकारी दिनुभयो ।
चालु आर्थिक वर्ष २०७८/०७९ मा संघीय सरकारबाट ८ हजार र स्थानीय तहबाट ७ हजार गरी न्यूनतम मासिक १५ हजार उपलब्ध हुने व्यवस्था गरिएको हो- उहाँले भन्नुभयो । ‘विकास शिक्षकको हकमा संघीय सरकारबाट २ हजार थप गरी १० हजार उपलब्ध गराउने गरी बजेटको व्यवस्था गरिएको छ ।’