एक साताभित्र नागरिकता विधेयक पारित हुन्छ:प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी एक साताभित्र नागरिकता विधेयक पारित हुने बताउनुभएको छ। जसपा सांसद प्रदीप यादव सहितको टोलीसँगको भेटमा देउवाले १/२ दिनभित्रै र ढिलोमा एक सातामा नागरिकता विधेयक पारित हुने बताउनुभयो ।
बिहे गरेर आउने विदेशी महिलाले विगतको जस्तै नागरिकता पाउने प्रावधान रहने बताउदै प्रधानमन्त्री देउवाले टोली सदस्यलाई बिश्वास दिलाउनुभयो ।
बिहे गरेर आउनसाथ अंगीकृत नागरिकता पाउने प्रावधान थियो। संसदमा ५ वर्षदेखि अड्किएको विधेयकका कारण लाखौं युवा नागरिकताबाट बञ्चित भएका छन् । प्रधानमन्त्री देउवालाई भेट्न यादवसँगै जसपा सांसदहरू नरमाया ढकाल र रानी मण्डल टोलीमा थिए । नागरिकता नभएका कारण युवाहरू अध्ययनका लागि छात्रवृत्ति, रोजगारी लगायतबाट बञ्चित हुनुपरेको उनीहरुले गुनासो गरेका थिए ।