2

Logo २०८३ बैशाख १३ आइतबार
संजयको माध्यमिक शिक्षासम्मको सम्पुर्ण पढाइ खर्च नगरले हेर्छ- नगरप्रमुख थापा

संजयको माध्यमिक शिक्षासम्मको सम्पुर्ण पढाइ खर्च नगरले हेर्छ- नगरप्रमुख थापा


Sabalnews प्रकाशित मिति : सोमबार, जेष्ठ ३० २०७९
11.2K

पाल्पा ।

११ बर्षे संजय गीत गाउनमा औधी मन पराउछ्न् । सानै उमेरदेखि अनुशाशित र लगनशील संजय अहिले कक्षा ५ मा अध्ययनरत छन् ।

सानैदेखि गीत गाउनमा प्रखर संजयले गाएको गीतले जो कसैको मन खिच्छ । गाउँमै भएको गंगा दशहरा मेलामा स्टेजमा गीत गाउदै गर्दा उनको गीतले प्रमुख अतिथि रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको ध्यान खिच्यो ।

सानै उमेरमा निर्धक्क स्टेजमा गीत गाउने संजय परियारको निडर आवाज गुन्जिरहदा उनै नगरप्रमुख थापाले बालकको बारेमा चासो राखे । नजिकै रहेका कालिका युवा क्लबका साथीहरुले उनको अबस्थाबारे जानकारी दिएपछि थापाले संजयको माध्यमिक तहसम्मको पढाईको सम्पुर्ण खर्च नगरपालिकाले जिम्मा लिने प्रतिबद्धता व्यक्त गरे । कालिका माबिमा ५ कक्षामा पढ्ने संजयका बुवा बिष्णु बहादुर परियारले ज्याला मजदुरी गरेर छोरा संजय सहित आफ्नो गर्जो टार्दै आएका हुन् । सधै काम पाउन मुस्किल हुने बिष्णुले बताए । छोराको स्याहार सुसार र पढाइमा सिकाउनुपर्ने बेला घरमा एक्लै छोडेर आफू काम खोज्न निस्कन पर्ने बताए ।
छोरा सानै हुँदा अर्को बिहे गरेर आमा हिडेपछी संजयलाई  बुवा बिष्णुले आमा बुवा दुबैको आड दिदै आएका छन् । घरको जिम्मेवारी पनि घरमा रेखदेख देखि छोराको पढाइ र लालनपालनमा सकेसम्म उनै बुवा कुदिरहेका हुन्छन् ।

सानै उमेरदेखि गीत गाउने, निकै मीठो स्वरका भएका, गीत गाउन रुचि राख्ने, ठुलालाई सम्मान र सानालाई माया गर्ने उनको असल बानीले जो कोहीको मन खिचेको हुन्छ ।

घरको आर्थिक अबस्था कमजोर रहेका परियारलाई नगरप्रमुख थापाले केही सहयोग भए सहारा होला भन्ने हेतुले संजयको सहाराको हिस्सेदार नगरपालिका पनि भएको बताए । बाबुमा प्रतिभा छ, यिनको चाहानामा थोरै भएपनि सहयोग गर्न सकियो भने यिनको भबिश्य उज्वल हुनुको साथै हौसला बढ्छ थापाले भने ।

थापाले संजयको माबि अध्ययन सम्मको सबै खर्च नगरपालिकाले लिने उद्घोष गरे लगत्तै उनको मुहारमा खुशी झुल्किएको स्थानीय पार्वती परियारले जानकारी दिइन् । उनका अनुसार गरिबिको चपेटामा रहेका संजयको परिवारमा आमा नहुनुको अर्को पीडा छ । स्याहारसुसार बिनै हुर्किएका संजयमा विलक्षण प्रतिभा छ । त्यो प्रतिभा जोगाइन र हौसला दिन सके नगरकै गहना बन्ने उनको भनाई छ । निकै मेहनती र मायालु संजयले सानैदेखी गाउँ घर र स्कुलमा शुक्रबारिय कार्यक्रम देखि विभिन्न कार्यक्रममा गाउदै आएका छन् । बेसाहारा जस्तै बनेका संजयको अभिभावक नगर सहारा बनेकोमा संजयको पढाई र भविष्य बन्न यो निर्णय महत्त्वपूर्ण सावित हुने बताइन् ।

यसैबीच, संजयको गीत सुनेर उद्योग वाणिज्य संघका महासचिव खिम बहादुर क्षेत्री, होटेल नमुनाका संचालक गोपाल श्रेष्ठ, रामपुर ४ देविस्थान घर भइ हाल दुबईमा कार्यरत सन्त बहादुर परियारले नगद १/१ हजार सहयोग हस्तान्तरण गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com