प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता
काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र सभामुख सापकोटा बिच आइतबार अपरान्ह बालुवाटारमा भेट भएको हो।
भेटमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका बिषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
यस्तै उहाँहरु बिच नागरिकता लगायत विचाराधिन विधेयकहरु र उपसभामुख चयनका विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ ।