2

Logo २०८३ बैशाख १३ आइतबार
उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कृत पत्रकार के.सी.लाई

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कृत पत्रकार के.सी.लाई


Sabalnews प्रकाशित मिति : आइतबार, जेष्ठ २२ २०७९
1.4K

बुटवल ।

रुपन्देहीका क्रियाशिल पत्रकार तेजेन्द्र केसी उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कृत–२०७८ बाट पुरस्कृत भएका छन् । बुटवलमा बसेर पत्रकारितामा क्रियाशील केसीलाई वातावरण दिवसको अबसरमा एक समारोहका बीच उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

केसीलाई लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले पुरस्कार प्रदान गर्नुभयो । नेपाल पत्रकार महासङ्घ रुपन्देही र अग्रज पत्रकार नारायण सापकोटाद्वारा स्थापित उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार हरेक वर्ष वातावरण दिवसको अवसर पारेर रुपन्देहीलाई कार्यथलो बनाएर वातावरणको क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गरिँदै आएको छ । यसवर्ष उक्त पुरस्कार केसीलाई प्रदान गरिएको हो ।

मन्त्री शर्माले वातावरणलाई सबैले माया गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, पुरस्कार स्थापनाकर्ता नारायण सापकोटा, महासङ्घ रुपन्देहीका संस्थापक अध्यक्ष डा.बालकृष्ण चापागाईँ, निवर्तमान अध्यक्ष यानेन्द्र जिसी, पुरस्कार मूल्याङ्कन समितिका संयोजक माधव ढुङ्गाना लगायतले बोल्दै पत्रकार केसीलाई बधाई सहित पत्रकारीताको माध्यमबाट वातावरण संरक्षण र दिगोपनालाई जोड दिइनुपर्ने बताउनुभयो । पुरस्कारको राशि २५ हजार रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com