राष्ट्रिय जनमोर्चा पाल्पाले गर्यो स्थानीय निर्वाचनको समिक्षा
पाल्पा ।
राष्ट्रिय जनमोर्चा पाल्पाले स्थानीय तहको निर्वाचनको समिक्षा गरेको छ । स्थानिय तह निर्वाचन २०७९ को बिषयमा पार्टी र गठबन्धनको उपलब्धिका बिषयमा समीक्षा बैठक गहन छलफल भएको छ ।
जिल्ला तथा पालिका स्तरका नेताहरु सहभागी तानसेनमा बसेको बैठकमा राष्ट्रिय जनमोर्चा पाल्पालाइ गठबन्धनका कारण आंशिक सफलता मिलेको निष्कर्ष नकालेको राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले जानकारी दिनुभयो ।
साथै, बैठकले राष्ट्रिय जनमोर्चा पाल्पा सहित गठबन्धनका साझा उमेदवारहरुको पक्षमा मतदान गर्नु हुने पाल्पाली
सम्पुर्ण मतदाताहरुलाइ धन्यवाद व्यक्त गरेको छ ।