2

Logo २०८३ बैशाख १३ आइतबार
महङ्गो भाडामा यात्रु बोकेर ल्याउने सरकारी एम्बुलेन्स कारबाहीमा

महङ्गो भाडामा यात्रु बोकेर ल्याउने सरकारी एम्बुलेन्स कारबाहीमा


Sabalnews प्रकाशित मिति : शनिबार, जेष्ठ २१ २०७९
1.9K

पाल्पा ।

ट्राफिक चेकिङ्गका क्रममा भाडामा यात्रु बोकेको एम्बुलेन्स कारवाहिमा परेको छ ।

रामपुर अस्पतालको बा २ झ १७४३ नम्बरको एम्बुलेन्स यात्रु बोकेर ल्याउदै गर्दा कारवाहिमा परेको हो । सिद्धार्थ राजमार्गको बर्तुङ्ग – आर्यभन्ज्याङ्ग सडक खण्डमा पर्ने चिर्तुङ्गधारामा ट्राफिक चेकिङ्गका क्रममा एम्बुलेन्सले यात्रु बोकेको भेट्टाइएको थियो ।

पाल्पा प्रभासबाट रामपुर जाने ४ जना यात्रुलाई एम्बुलेन्समा यात्रा गराएको ट्राफिक चेकिङ्गका क्रममा भेट्टाएको थियो । एम्बुलेन्स चालकले प्रभासबाट रामपुर सम्मको भाडा प्रतिब्यक्ती ६ सय २५ का दरले २५ सय रुपैया असुलेका थिए ।  यो भाडादर प्रचलित भाडा भन्दा धेरै हो ।

भाडामा यात्रु बोकेको संका लागेपछि सोधपुछ गर्दा एम्बुलेन्स कारवाहिमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो । पहिलो पटक रहेकाले १ हजार जरिवाना गरी एम्बुलेन्सलाई छोडिएको प्रमुख मल्लले बताउनुभयो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९  को दफा १२ मा अन्य प्रयोजनको निम्ति प्रयोग गर्न नहुने भनिएको छ । कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्काे प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन । भन्सार महसुल छुट हुने गरी सुविधा प्रदान गरिएको सवारीलाई जुन प्रयोजनको निम्ति भन्सार महसुल छुट दिइएको हो त्यस्तो प्रयोजनको निम्ति बाहेक अन्य प्रयोजनको निम्ति त्यस्तो सुविधा प्राप्त सवारी प्रयोग गर्न पाइने छैन ।

यस्तै राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ मा एम्बुलेन्सलाइ बिरामी ओसार पसार गर्नेबाहेक अन्य काममा प्रयोग गर्न नपाइने स्पष्ट कानुनी ब्यवस्था रहेको छ । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट निर्धारित एम्बुलेन्स चालकले तालिम लिएको एम्बुलेन्स चालक हुनुपर्ने प्रावधान छ । एम्बुलेन्स सेवाको गुणस्तर, भाडादर निर्धारण, नियमन आदिका लागि जिल्लास्तर, प्रदेशस्तर र संघीयतहमा अनुगमन समितिहरुको व्यवस्था गरिएको छ । तर अनुगमन हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com