प्रतिलिटर १० रुपैयाँले घट्याे पेट्रोलियम पदार्थको मुल्य
काठमाण्डाै ।
नेपाल आयल निगमले पेट्राेल, डिजल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएकाे छ ।
बिहीवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्राेल, डिजल र मट्टीतेलकाे मूल्य घटाएकाे हाे । गतहप्ता मूल्य बढे संगै यसको बिरोध हुँदै आएको थियो । मूल्य घटेसँगै अब पेट्रोल लिटरकाे १ सय ७० रुपैया र डिजल/मट्टीतेल लिटरकाे १ सय ५३ रुपैयाँमा पाइनेछ ।
निगम सञ्चालक समितिकाे बैठकले पेट्राेलियम पदार्थकाे मूल्य घटाउने निर्णय गरेकाे हाे । यसअघि अर्थ मन्त्रालयले उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएर पूर्वाधार कर घटाएर मूल्य समायाेजन गर्न भनेकाे थियाे ।