2

Logo २०८३ बैशाख १३ आइतबार
गणतन्त्र दिवसमा दिपावली, नमुना रामतुलसी मावि भयो झिलिमिली

गणतन्त्र दिवसमा दिपावली, नमुना रामतुलसी मावि भयो झिलिमिली


Sabalnews प्रकाशित मिति : आइतबार, जेष्ठ १५ २०७९
2.9K

पाल्पा ।

आज जेठ १५ गते गणतन्त्र दिवस । जनताको जीवन संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र स्थापना पछि तत्कालिन राजाको अधिकार कटौती भई जनताको छोराछोरी प्रमुख पदमा रहन सक्ने गरि अधिकार स्थापितका लागि २०६४ साल चैत २८ गते  संविधान सभाको निर्वाचन भएको थियो । निर्वाचन पछि संविधान सभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते देशलाई संघीय गणतान्त्रिक नेपाल घोषणा गरेको हो । यसैको उपलक्ष्यमा जेठ १५ लाई गणतन्त्र दिवसका रुपमा मनाउदै आइएको छ ।

बिगतका बर्षमा कोभिड संक्रमणका कारण औपचारिक कार्यक्रम भएको थिएन । यसपटक सरकारले कार्यक्रम गरि दिवस मनाएको छ । सरकारले गणतन्त्र दिवस हर्षउल्लास र दिपावली गरि मनाउने निर्णय गरे अनुरुप आज सरकारी तथा गैरसरकारी सस्था र घरघरमा दिपावली गरिएको छ ।

पाल्पाको नमुना विद्यालय रामतुलसी माध्यमिक विद्यालयमा साझ दिपावली गरिएको छ । विद्यार्थी र शिक्षकले विद्यालयमा उपस्थित भई दिपावली गरेको विद्यालयका प्रध्यानध्यापक बालकृष्ण लम्सालले जानकारी दिनुभयो ।

चापाकोट नगरपालिका ६ साखरका स्थानीयले पनि गणतन्त्र दिवसको खुशीयालीमा चोकमा नेपालको नक्सा कोरी दिपावली गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com