2

Logo २०८३ बैशाख १३ आइतबार
निर्वाचनको फोहोर बिजयी वडाअध्यक्षको टिमले गरे सफाई 

निर्वाचनको फोहोर बिजयी वडाअध्यक्षको टिमले गरे सफाई 


Sabalnews प्रकाशित मिति : शनिबार, जेष्ठ १४ २०७९
5.5K

पाल्पा ।

स्थानीय तहको निर्वाचनका बेला फोहोर बनेको चोक सडक पाल्पा रम्भा गाउँपालिका १ हुगीका वडाध्यक्ष सहितको टिमले सफाई गएको छ ।

“पर्यावरण जोगाउँ, स्वस्थ बनौं” भन्ने नारालाई अबलम्बन गर्दै नवनिर्वाचित वडाअध्यक्ष इश्वर काफ्ले आफै स्थानीयको अगुवाई गर्दै वडाका विभिन्न स्थानमा पुगेर फोहोर संकलन गरेका हुन् ।

सबै जनाको ध्यान निर्वाचनमा हुँदा खाएका बस्तुका बोक्रा, लिएर हिडेका झोला प्लास्टिक बाटोमा फालिएको हुन्छ । हामी आफैं सचेत प्राणी भएकोले हामी आफैले सफा गर्नुपर्छ भनेर फोहोर बटुलेर सम्बन्धित ठाउँमा व्यबस्थापन गर्ने, जलाउने गरेका हौं काफ्लेले भन्नुभयो। प्लास्टिकले उब्जाउ समेत घटाउछ यसको नियन्त्रण गर्न अत्यावश्यक देखेर हामी सरसफाइमा लागेका हौ । वडालाई नमुना वडाको रुपमा बिकास गर्ने हाम्रो सोच छ- नवनिर्वाचित वडा सदस्य खेमानन्द अधिकारीले भन्नुभयो ।

फोहोर संकलनमा नवनिर्वाचित जनप्रतिनिधि र वडाबासी स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com