2

Logo २०८३ बैशाख १३ आइतबार
काठमाडौंको प्रमुखमा बालेन र उपप्रमुखमा सुनिता डंगोल निर्वाचित

काठमाडौंको प्रमुखमा बालेन र उपप्रमुखमा सुनिता डंगोल निर्वाचित


Sabalnews प्रकाशित मिति : बिहिबार, जेष्ठ १२ २०७९
1.2K

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह बिजयी भएका छन् । साह ६१ हजार ७६७ ल्याएर निर्वाचित भएका हुन्। उनले २३ हजार ४२६ मतको फराकिलो अन्तरले बालेनले जितेका छन् ।

बालेनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन्। तेस्रो स्थानमा नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन्।यस्तै आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाएका छन्। बिहीबार राति निर्वाचन कार्यालयले अन्तिम मत परिणाम घोषणा गरेको हो।

यसैगरी उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन्। उनले ६८ हजार ६१२ मत ल्याएकी छन्। उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत पाएका छन् । यो संगै लामो समय भएको काठमाडौंको मतगणनाबाट काठमाडौं महानगरको प्रमुखमा बालेन्द्र साह “बालेन” र उपप्रमुखमा सुनिता डंगोल निर्वाचित भए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com