2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा ३ पत्रकार एमालेबाट वडा अध्यक्षमा बिजयी

पाल्पामा ३ पत्रकार एमालेबाट वडा अध्यक्षमा बिजयी


Sabalnews प्रकाशित मिति : आइतबार, जेष्ठ ८ २०७९
827

पाल्पा ।

पाल्पामा लामो समयदेखि पत्रकारिता गर्दै आएका ३ पत्रकार वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

नेपाल पत्रकार महासंघका सदस्य ३ जना पत्रकारलाई नेकपा एमालेले उमेद्धार बनाएको थियो । पत्रकारिता गर्दै आएका नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष राजेश कुमार अर्याल तानसेन नगरपालिकाको वडा नम्बर ९, पत्रकारिताका अग्रज जेष्ठ पत्रकार सोमनाथ अर्याल तानसेन नगरपालिका वडा नम्बर ८ र सदस्य ओम प्रकाश गैरे बगनासकाली गाउँपालिका वडा नम्बर ५ दर्लमडाँडाको वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

नेपाल पत्रकार महासंघको बिधान अनुरुप कुनै पनि राजनितिक दलको सदस्य अध्यक्ष भएको व्यक्तिको स्वतः पत्रकार महासंघको सदस्यता खारेज हुने व्यवस्था छ । निर्वाचित वडाअध्यक्ष मध्ये पत्रकार महासंघका सदस्य गैरेले लिखित र अर्यालले मौखिक जानकारी गराउनुभएको नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com