2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर नगरपालिकाका जनप्रतिनिधिहरुलाई सपथ

रामपुर नगरपालिकाका जनप्रतिनिधिहरुलाई सपथ


Sabalnews प्रकाशित मिति : शनिबार, जेष्ठ ७ २०७९
1.2K

पाल्पा ।

रामपुर नगरपालिकाका जनप्रतिनिधिलाई नगर प्रमुख रमण बहादुर थापाले शुक्रबार गोपनियताको सपथ ग्रहण गराउनुभएको छ । दोस्रो कार्यकालका लागि पुनःनिर्वाचित हुनुभएका नगर प्रमुख थापाले नवनिर्वाचित नगर उपप्रमुख बालकुमारी थापा सहित नगरका वडा अध्यक्ष र वडा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।

सपथग्रहण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनालले स्थानीय,प्रदेश र केन्द्र सरकारको समन्वय टट्कारो रहेको बताउनुभयो । नगरको बिकासमा हातेमालो गर्दै अघि बढ्ने अठोट व्यक्त गर्नुभयो । रामपुर नगरपालिकाका नगरप्रमुख थापाले ५ बर्षको सिकाइलाई द्रुत काममा लाने बताउनुभयो । सभ्य अनुशासित भएर नगरले टिमले काम गर्नुपर्छ । अफ्ट्यारो आउन सक्छ संयम भएर जनतालाई ठेस नपुग्ने गरि आच नआउने गरि काम गर्नमा ध्यान दिनुपर्छ थापाले भन्नुभयो ।

नव निर्वाचित नगर उपप्रमुख बालकुमारी थापाले जेष्ठ, महिला, युवा सबैलाई समेटेर लैजाने बताउदै न्यायको अनुभूति हुने गरि जनताको भावना बमोजिम काम गर्ने बताउनुभयो ।

रामपुर नगरपालिकाका कार्यबाहक प्रमुख तथा निवर्तमान उपप्रमुख विष्णु देवी घिमिरे अचार्यले संघियता शुरुवातको पहिलो कार्यकाल नीति नियम निर्माण र कोभिडमा गुज्रिएको स्मरण गर्दै अब अब काम गर्ने अबसरका रुपमा जनप्रतिनिधि निर्वाचित भएकोमामा जनभावनालाई आत्मसाथ गर्दै अघि बढ्न आग्रह गर्नुभयो । इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवान भक्त अर्यालले योजनाबद्ध रुपमा अघि बढ्न सकेमा बिकासले गति लिने बताउनुभयो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य कृष्ण प्रसाद अधिकारी, लुम्बिनी प्रदेश सदस्य विष्णु माया ढकाल, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य राजु प्रसाद श्रेष्ठ, माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य कमलराज भट्टराई, नेकपा एमाले जिल्ला सदस्य सरस्वती भट्टराई, एकिकृत समाजवादी पाल्पाका सहसचिव कमल सेन, राष्ट्रिय जनमोर्चा रामपुरका नगर सचिव रामप्रसाद गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधी चन्द्र बहादुर थापा, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, अन्धकार मुक्ति बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष सागर प्रसाद देवकोटा, रामपुर साना शहरी खानेपानी सस्थाका उपाध्यक्ष हजिल दिन मिया, रामपुर अस्पताल विकास समितिका अध्यक्ष राम प्रसाद ढकालले जनप्रतिनिधिको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

नवनिर्वाचित नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीको स्वागत र कृषि शाखा अधिकृत रामहरी पाण्डेको सञ्चालनमा भएको हो ।
सपथ ग्रहण लगत्तै जनप्रतिनिधिले रामपुर नगरपालिका र वडाहरुमा पदबहाली गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com