2

Logo २०८३ बैशाख १३ आइतबार
जिम्मेवारी सम्हाल्दै रामपुरका जनप्रतिनिधि

जिम्मेवारी सम्हाल्दै रामपुरका जनप्रतिनिधि


Sabalnews प्रकाशित मिति : शुक्रबार, जेष्ठ ६ २०७९
1.7K

पाल्पा ।

पाल्पाको रामपुर नगरपालिकाका नबनिर्वाचित जनप्रतिनिधिहरुको पदबहाली शुक्रवार भएको छ ।

नगरपालिकामा गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले शुक्रबार सपथ तथा पदवाहली गरेका छन् । नगरप्रमुख रमण बहादुर थापा र उपप्रमुख बालकुमारी थापा सहितका जनप्रतिनिधिले पदबहाली गरेका छन् । पदबहाली अघि नगरप्रमुख थापाले नगरपालिकाका १० वटै वडाका सबै जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । नगरप्रमुख थापाले यस अघि बिहिबार पाल्पाका न्यायाधीश खड्क बहादुर के.सी. संग पालिका प्रमुखको रुपमा सपथ लिनुभएको थियो ।

पदवाहली कार्यक्रमपछि नगरप्रमुख थापाले रामपुर औधोगिक ग्रामको निर्माणाधिन कामलाई अघि बढाउने बताउनुभयो । उहाँले नागरिकको आवश्यकतालाई ध्यान दिदै सुन्दर र बस्न लायक नगर बनाउने बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले अपाङ्गता सिफारिस पत्रमा तोक लगाउदै नगरको हितमा सदैव लाग्ने र नगरबासीको मर्म बुझेर काम गर्दै सबैको सल्लाहमा नगर बिकासमा जुट्ने प्रतिबद्धता व्यक्त गनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुबेदीले पदबहाली संगै गर्ने काम र योजना सिफारिसबारे सहजिकरण गर्नुभएको थियो ।

नगरपालिका प्रबेशमा नगरका कर्मचारीले भव्य स्वागत गरेका थिए । गेटदेखी नै स्वागतम् लेखेको आकृती बनाएर दुबोको माला र पुष्पगुच्छाले प्रशासकीय अधिकृत गंगालाल सुबेदी सहित शाखा प्रमुख र कर्मचारीले स्वागत गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com