2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर ९ मा नेपाली काङ्ग्रेसको प्यानल बिजयी

रामपुर ९ मा नेपाली काङ्ग्रेसको प्यानल बिजयी


Sabalnews प्रकाशित मिति : आइतबार, जेष्ठ १ २०७९
1.5K

पाल्पा ।

पाल्पाको रामपुर नगरपालिका वडा नम्बर ९ मा नेपाली काङ्ग्रेस बिजयी भएको छ ।

रामपुरको ४ वडाको मत गनिएको छ । जहाँ नेपाली काङ्ग्रेसले वडा नम्बर १,२ र ९ जितेको छ भने नेकपा एमालेले वडा नम्बर १० जितेको छ । यस पालिकामा मुख्य प्रतिस्पर्धा नेपाली काङ्ग्रेस र नेकपा एमालेको रहेको छ । रामपुर ९ मा नेपाली काङ्ग्रेसका अध्यक्ष उमेदवार डिल बहादुर राना सहितको प्यानल बिजयी भएको हो । रानाले ७६८ ल्याउदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार नेत्र बहादुर गाहाले ६८६ मत ल्याउनुभयो ।

त्यसैगरी, महिला सदस्यमा सुन कुमारी रुचालले ७५६ मत दलित महिला सदस्यमा भगवती सुनारले ७६० मत, खुला सदस्यमा तिल बहादुर गाहाले ७५५ मत र नारायण प्रसाद पोखरेलले ७५४ मत ल्याउनुभएको छ । नेकपा एमालेका महिला सदस्यको ६८७ मत दलित महिला सदस्यको ६८५ मत, खुला सदस्य क्रमशः ६८४ मत र ६७० मत आएको छ ।

बिजयी घोषणा संगै नेपाली काङ्ग्रेसले मतगणना स्थल रामपुर नगरपालिका कार्यालय परिषरमा हर्षौल्लास मनाएको छ ।  वडा नम्बर ९ मा २१४४ मत मध्य १४८१ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com