पाल्पामा ६९.०२ प्रतिशत मत खस्यो, केहीमा गणना शुरु धेरैमा तयारी
पाल्पा ।
पाल्पामा स्थानीय तह सदस्य निर्वाचनमा ६९.०२ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन कार्यालय पाल्पाका अनुसार १ लाख ९९ हजार ६ सय ९० मतदाता मध्य जिल्लामा १ लाख ३७ हजार ८ सय ३१ जनाले मतदान गरेका हन् ।
जसमध्ये सबैभन्दा धेरै रामपुर नगरपालिकामा ७३ दशमलव ५७ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा ६४ दशमलव ६८ प्रतिशत मत खसेको हो ।
यसैबीच जिल्लाको धेरै जसो पालिकामा शनिबार बिहानबाट मतगणना हुदैछ । पूर्वखोला, माथागढी, बगनासकाली र रम्भा गाउँपालिकामा सबेरैदेखि मतगणना कार्य सुरू भएको छ । यस्तै अन्य पालिकाहरूमा पनि मत गणनाको तयारी भइरहेको मतदान अधिकृतको कार्यालयले जनाएका छन् ।
पाल्पाको १ सय १८ मतदान स्थलका २ सय ४७ मतदान केन्द्रबाट मतदान सम्पन्न भएको थियो । जिल्लामा होहल्लाका कारण केही केन्द्र १५ मिनेट देखि आधिघण्टा मतदान रोकिएपनि पुनः सच्चालन पछि निर्वाध रुपमा मतदान सकिएको छ ।