2

Logo २०८३ बैशाख १३ आइतबार
रोचक बन्दैछ पाल्पामा चुनावी प्रतिस्पर्धा

रोचक बन्दैछ पाल्पामा चुनावी प्रतिस्पर्धा

मुख्य प्रतिस्पर्धा गठबन्धन र एमालेबिच ‘साना दल निणर्ायक हुनसक्ने’

Sabalnews प्रकाशित मिति : मंगलबार, बैशाख २७ २०७९
1.7K

पाल्पा ।

पाल्पामा स्थानीय तहको निर्वाचनको प्रतिस्पर्धा रोचक बन्दै गएको छ । मुख्य तया पाल्पामा सत्तारुढ गठबन्धन र नेकपा एमाले बिच मुख्य प्रतिस्पर्धा हुदैछ ।

जिल्लामा उत्तिकै संख्यामा स्वतन्त्र उमेद्धार पनि छन् । राजनितिक दल र स्वतन्त्र उमेद्धारलाई प्रचारप्रसार र घरदैलो कार्यक्रममा भ्याईनभ्याई छ । जिल्लाका १० स्थानीय तहमध्य गत स्थानीय निर्वाचनमा ६ पालिका नेकपा एमाले र ४ पालिका नेपाली काग्रेंसले जितेको थियो । जिल्लाका रामपुर नगरपालिका, माथागढी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकाका प्रमुख र उप्रमुख तथा बगनासकाली गाउँपालिकाको प्रमुख पद काग्रेंसले जितेको थियो । त्यस्तै जिल्लाका ३७ वडा काग्रेंसले जितेको थियो । नेकपा एमालेले जिल्लाको तानसेन नगरपालिका, रम्भा गाउँपालिका, तिनाउ गाउँपालिका, निस्दी गाउँपालिका, पुर्वखोला र रिब्दीकोटमा एमालेले प्रमुख उपप्रमुख जितेर पहिलो दल बनेको थियो । बगनासकालीमा उपप्रमुख जितेको हो ।

तेस्रो दल नेकपा माओवादी केन्द्रको भने वडा तहमा उमेद्धार बिजयी भएका थिए । अहिले नेकपा एमालेलाई आफ्नो बिरासत जोगाउनुपर्ने बाध्यता छ । भने जिल्लामा गठबन्धन बनेकोले गठबन्धनको पोल्टामा स्थानीय तह जाने आंकलन पनि छ । जिल्लामा नेपाली काग्रेंस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जसपाको गठबन्धन छ । जिल्लाका सबै पालिकामा गठबन्धन गर्ने जनाएको पाल्पा गठबन्धनको संयन्त्रले भागवण्डा नमिल्दा कुनै पालिकामा साना दलका उमेद्धार छैनन् । भने गठबन्धनका दलबाटै स्वतन्त्र समेत उठेका छन् । रामपुर नगरपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कुनै पनि उमेद्धार छैनन् । माओवादी केन्द्रले उमेद्धार नै दर्ता गराएन भने उमेद्धारी दर्ता गरेको नेकपा एकीकृत समाजवादीले अन्तिम समयमा आएर आफ्ना सबै उमेद्धारको नाम फिर्ता लियो । गठबन्धन भित्रकै जसपाबाट रामपुर नगरपालिकामा प्रमुख पदमा उमेदवारी परेको छ । २ मुख्य दलबीचको प्रतिस्पर्धा देखिएको रामपुरमा तरुण दलका नेता प्रेम प्रकाश श्रेष्ठले नगर प्रमुखमा स्वतन्त्र उमेद्धारी दिएका छन् । राप्रपा र मंगोल नेशनल अर्गनाइजेशनबाट प्रमुख र उपप्रमुख पदमा उमेद्धारी सहित घरदैलो अभियानमा लागेका छन् । जिल्लाको पालिका प्रमुख र उपप्रमुख बाडफाँडमा भने गठबन्धनको सहमति भएको हो । यसरी १० पालिका प्रमुख र उपप्रमुखमा गठबन्धन र एमालेबिच मुख्य प्रतिस्पर्धा हुनेछ ।

एकातर्फ ५ दलीय गठबन्धनका कारण एमालेले जितेको पालिका र वडामा पनि अन्य दल बिजयी हुने दाबी गर्दै आएका छन् भने गठबन्धन दलमा साना पार्टीका उमेद्धारलाई कम मौका दिएकाले र कुनै पालिकामा एक जना समेत उमेद्धार नहुँदा यी दलको मत बाडिने हुँदा नेकपा एमाले जित सुनिश्चित रहेको जनाउदै घरदैलो अभियानलाई नै तिब्रता दिएको छ । एमाले बिभाजनपछि एमालेको मत पनि बाडिने हुँदा र पालिकामा कुनै आफ्ना उमेद्धार नभएको अबस्थामा स्थानीय निर्वाचनमा मत बाडिने भएकाले कसले बाजी मार्छ भन्ने अड्कल गर्न पनि नसकिने अबस्था छ ।

सत्तारुढ दलहरु आफ्ना उमेद्धार नभएपनि गठबन्धनलाई सघाउने बताउदै आएका छन् । २०७४ सालको निर्वाचनको तुलनामा जिल्लामा उमेद्धार संख्या धेरै बढ्नु, २०७४ सालको निर्वाचनमा बिजयी भएका उमेद्धारले टिकट नपाउनु र पार्टी सँग रुष्ट रहेका कारण पनि कतिपय क्षेत्रको चुनावी परिणाम के नै हुन्छ भन्ने नेता कार्यकर्ताले ठम्याई गर्न समेत सकेका छैनन् ।

गठबन्धनका कारण जिल्लाको रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका र बगनासकाली गाउँपालिकाको चुनावी प्रतिस्पर्धा के हुन्छ भन्ने आफैमा रोचक बन्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com