2

Logo २०८३ बैशाख १३ आइतबार
गाउँको विकास गर्नेलाई अबको भोट

गाउँको विकास गर्नेलाई अबको भोट


Sabalnews प्रकाशित मिति : मंगलबार, बैशाख २७ २०७९
4.7K

पाल्पा ।

वडाकै सबैभन्दा लास्ट हो हाम्रो गाउँ सोमबार गाउँमा पुगेका उमेद्वारलाई सुनाउदै रामपुर १० कुमाल गाउँकी मनिसा कुमालले भनिन् । जताततै हेर्न लायक छ यहाँ आउन जान बाटो हेर्नुस् त कति धुलो र हिलो हुन्छ कुमालले भनिन् ।
गाउँमा बस्ने प्रतिक्षालय समेत राम्रो छैन भएको प्रतिक्षालय समुहले पैसा उठाएर बनाएको हो कुमाल गाउँकी अर्की किशोरी अस्मी कुमालले प्रतिक्षालय तिर हातले संकेत गर्दै भनिन् । सोमबार कुमाल गाउँ पुगेका रामपुर नगरपालिकाका निर्वतमान नगर प्रमुख तथा पुनः प्रमुख पदका उमेद्धार रमण बहादुर थापाले उनीहरुको गुनासो धेरैबेर सुने । धारामा पानी साझ बिहान आउछ खानेपानी लिन मुलमा पुग्नु पर्छ खानेपानीको समस्या औल्याउदै अस्मीले सुनाइन् । अहिले गाउँका बिचमा खानेपानीको धारो छ । यही सामुहिक धारोको पानी कुमाल समुदायले खादै आएका छन् । तल चिलाउने मुलको धारामा खानेपानी लिन जानुपर्छ उनले भनिन्- बर्खामा झन् यही गाउँको धारामा समेत पानी आउदैन । यो पटक लगातार बैशाखमा पानी पर्‍यो धारामा पानी नआएर मुल भौतारिनुपरेको छ उनले थपिन् । यस पटक निर्वाचनको बेला कुमाल गाउँ आउने उमेद्धारलाई उनीहरुले यही समस्या पोखेको बताए ।

कुमाल गाउँ रामपुर नगरपालिका १० को पछाडि परेको बस्ती हो । यहाँ २ सय बढी कुमाल समुदाय छन् । वडाको निणर्ायक मत कुमाल गाँउ भएकाले पनि नगर र वडाका उमेद्धारको ध्यान कुमाल गाँउमा छ । समथर उब्जाउशिल फाँटमा कुमाल बस्ती भएपनि यस क्षेत्रको विकास हुन सकेको छैन । यहाँ मुल विकास कसले गर्ने हो? यहाँको जिवनशैली सधै उस्तै छ पदम कुमालले भने । कुमाल बासीको जिवन उकास्ने काम ल्याउन उनले उमेद्धारालाई आग्रह गरे ।

कुमाल गाउँमा त्यहाँका नागरिकसँग भेट्दै नेपाली काग्रेंसका नगरप्रमुखका उमेद्धार रमण बहादुर थापाले कुमाल बस्तीलाई पर्यटन र आत्मनिर्भर हुदै आयआर्जनसँग जोड्न खोजेको बताए । कुमालसमुदायमा पशुपालन र आर्यआर्जनमा नियमित काम गरिरहेको बताउदै यसलाई फड्को मार्ने गरि विकासमा युवा लाग्न आग्रह गरे । कुमाल बस्तीलाई पर्यटन र संस्कृति सिप सँग जोड्न माटाका भाडा बनाउने व्यवसाय, डुङ्गा चलाउने सीपमा बिगत ५ बर्ष नगरपालिकाले ध्यान दिएको बताए । उनले कुमाल गाँउको बस्तीलाई लक्षित गर्दै हेलिप्याडको सर्वे गरेको र आगामी दिनमा थप कामका लागि मन्त्रालयमा डकुमेन्ट बुझाएको बताए । साथै कुमाल बस्तीमा बाटो पुर्‍याउन आफुले अब मुख्य भुमिका खेल्ने बताउदै प्रदेश सरकारलाई घचघच्याएर काम गर्ने उल्लेख गरे । म जितु या नजितु तर मैले कुमाल बस्तीमा पहिलो चरणमा बाटो ल्याउने काममा पहल गर्छु थापाले भने । एक गाउँ एक बस्तीको विकास नभई समग्र रामपुर नगरको विकास नहुने हुँदा विकासका लागि बाँकी काम गर्ने गरि अघि बढ्ने दृढ विश्वासले आफु पुनः नगरप्रमुखमा उमेद्धार दिएको उनले बताए ।

रामपुर १ चिहानडाडाकी मिनु खाँणले पनि वडा र नगरपालिका पुग्न सहज हुने गरि बाटो बनाउन माग राखिन् । गाउँमा बाटो भए निकै सहज हुने रैछ उनले भनिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com