2

Logo २०८३ बैशाख १३ आइतबार
नयाँ मतदातामा मत कसरी हाल्ने कौतुहलता, मत बदरको झोखिम बढ्दो

नयाँ मतदातामा मत कसरी हाल्ने कौतुहलता, मत बदरको झोखिम बढ्दो


सीता डोटेल प्रकाशित मिति : शुक्रबार, बैशाख २३ २०७९
1.8K

पाल्पा ।

आसन्न स्थानीय निर्वाचनमा मत कसरी हाल्ने भन्ने  कौतुहलता रामपुर ५ का मतदाता मिलन सुनारलाई बढेको छ । सुनारले जिवनमा पहिलो पटक मताधिकार प्रयोग गर्दैछन् । हेर्नै मन लागेर गाउँमा उमेदवार आएका बेला नमुना मत पत्र मागेर हेरे सुनारले भने-यो भन्दा ठूलो हुन्छ रे, धेरै चिन्ह पनि होला भन्ने कौतुहलता लागेको छ । मत कसरी दिने भन्ने हाल्ने बेला सम्म ढुक्क भइएला नि उनले सुनाए ।
रामपुर ४ कि मोनिका राना पनि अहिलेसम्म मत खसालेकी छैनन् । हाम्रा धेरै साथीहरु पहिलोपटक भोट दिने हो यस्तै गफ मात्र हुन्छ रानाले भनिन् । कसरी मत दिने भन्ने थाहा छ भन्ने जिज्ञासामा रानाले भनिन् -त्यही दिन सम्म पक्कै सकिएला ।

यही बैशाख ३० गते देशभर एकैसाथ स्थानीय तहको निर्वाचन छ । तर यो पटक निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम संचालन गरेको  छैन । मतदाता शिक्षा कार्यक्रम नहुदा मतपत्र बदरको संभावना बढी भएको सरोकारवालाहरुले बताएका छन् ।
यसपटक पाँच, चार,तीन र दुई राजनीतिक दलका समेत गठबन्धन बनेका छन् । राजनितिक दलको गठबन्धनका कारण मत बदरको संभावना झन् बढ्न सक्ने निर्वाचन कार्यालय पाल्पाका निर्वाचन अधिकृत रुक्मांगत अर्यालले बताए ।
निर्वाचन आयोगले यसपटक मतदाता शिक्षा कार्यक्रम गर्न नसक्ने जनायो- हामीले निर्वाचन अधिकृत र सहायक अधिकृतलाई जिल्लामा २ दिन तालिम दिएका छौ उहाँहरुले आफ्नो केन्द्रमा पुगेर मतदानको अघिल्लो दिन सिकाउनुहुनेछ । मतदाता शिक्षा सञ्चालन नहुदा मतहरु बदर हुने सम्भावना छ तर नहोस् भन्नेमा हामी लागेका छौ अर्यालले भने ।

मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुदा मतदान कसरी गर्ने भन्ने विषयमा मतदाता अलमलमा छन् । रम्भा १ हुगीका सन्तोष काफ्लेले पहिलोपटक भोट दिने हुँदा आफू अझ अलमल भएको बताए । हामी पढेकालाई त बुझ्न गाह्रो छ अझ गठबन्धनले गर्दा मत हाल्न धेरैले दु:ख हुने बताएको आफुले पाएको अनुभव सुनाए । हुगीकै रोशन कडेलले रम्भामा समाजबादी र काङ्ग्रेसको गाउपालिका अध्यक्ष उपाध्यक्षमा उम्मेद्बारीले अध्यक्ष र उपाध्यक्ष सहित गठबन्धनलाई भोट दिन धेरै अलमल हुँदा मत बदर हुने बताए ।
रम्भा १ का वडा अध्यक्ष पदका उम्मेद्बार इश्वर काफ्लेले पालिका अध्यक्षलाई कलम र उपाध्यक्षलाई रुखमा भोट दिएर वडामा अन्य रुखमा नै भोट दिन सिकाएपनि मतपत्रमा तलमाथि गर्दा मत बदरको संभावना हुने बताए ।
रामपुर २ कि सरिता परियार पहिलोपटक मत स्थानीय तहमा दिदैछिन् । उनले जिवनमा नयाँ अनुभव बटुल्ने भएपनि चुनाबको दिन नजिकिदै जादा कस्तो होला भन्ने जिज्ञासा बढेको बताइन् । अहिलेका कतिपय युवामा स्वस्तिक चिन्ह नै थाहा छैन,उनले भनिन्- कसरी भोट हाल्ने थाहा छैन। भोट हाल्न सिकाएको छैन ।

स्थानीय तहको निर्वाचनमा एउटा मतदाताले ७ वटा चिन्हमा छाप लगाउनुपर्छ । दलहरुबीच चुनावी गठबन्धनले एउटै गठबन्धनका उम्मेदवारको पनि फरक-फरक चिन्ह छ । नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमुर्ति तिमिल्सिनाले जिल्लामा मतदाता शिक्षा अभियान अहिले नचल्नु, ठूलो संख्यामा नयाँ मतदाता थप हुनु र जिल्ला-जिल्ला र पालिकामा एक भन्दा बढी दलको गठबन्धनले चुनाब चिन्ह फरक पारेर उठेका कारण यसपटक मतपत्र बदर बढी हुन सक्ने आंकलन गरिएको बताए ।

जिल्लामा मतदाता शिक्षा सञ्चालन नहुँदा आफू जस्तै धेरै मतदाता अन्यौलमा परेको रामपुर ४ का प्रेम सारुले बताए ।
एउटै मतपत्रमा फरक उमेदवारलाई गठबन्धनका फरक-फरक चिन्हमा मतदान गराउनुपर्दा बदर हुन सक्ने नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष नेत्र पाण्डेले बताए । यसको लागि निर्वाचन कार्यालयले शिक्षा दिनुपर्ने उनको भनाई छ । पार्टीले कार्यकर्ता खटाएर सजक बनाएको छ तर सबै टोल बस्ती घरमा मतदाता शिक्षा कार्यक्रम पुग्न सक्ने अबस्था निकै कम छ ।
पहिले प्रतिनिधि र प्रदेश सभामा नमुना मतदान जिल्लामा चलेका थिए अहिले त्यसो हुन सकेको छैन । गैरसरकारी क्षेत्रबाट पनि मतदाता शिक्षासम्बन्धी कार्यक्रम हुन सकेको छैन ।
रामपुर नगरपालिकाका निर्वाचन अधिकृत श्याम प्रसाद श्रेष्ठले मतदाता शिक्षाको छुट्टै कार्यक्रम नहुदा बैशाख २८ र २९ गते सरोकारवाला संग निर्वाचन बारे छलफल र मत बदर हुन नदिन सरोकारवालालाई सजक बनाउने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com