2

Logo २०८३ बैशाख १३ आइतबार
चट्याङले निस्दी सव डिभिजन वन कार्यालयमा क्षति

चट्याङले निस्दी सव डिभिजन वन कार्यालयमा क्षति


धन बहादुर ठाडा प्रकाशित मिति : शुक्रबार, बैशाख १६ २०७९
876

पाल्पा –
बिहीबार साँझ परेको चट्याङले पाल्पाको निस्दी सव डिभिजन वन कार्यालयका सामाग्रीमा क्षति पुर्‍याएको छ ।

कार्यालय भित्र रहेका विधुतीय सामग्रीमा क्षति पुगेको कार्यालयले जनाएको छ । मित्यालमा रहेको कार्यालयको डेक्सटप, ल्यापटप , प्रिन्टर, इन्भटरका साथै ईन्टरनेटको राउटरमा क्षति पुगेको सव डिभिजन वन कार्यालय प्रमुख नन्द प्रसाद अधिकारीले बताउनुभयो।

कार्यालयमा जडित सोलार पावरको प्यानलमा समेत क्षति पुगेको अधिकारीले बताउनुभएको छ । विधुतीय उपकरणमा पुगेको क्षतिको आकंलन गर्दा झण्डै ३ लाख बराबरको क्षति भएको अनुमान छ । पाल्पा सहित छिमेकी जिल्लामा बिहीबार बेलुका ६ बजेतिर चट्याङसहित असिना पानी परेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com