चट्याङले निस्दी सव डिभिजन वन कार्यालयमा क्षति
पाल्पा –
बिहीबार साँझ परेको चट्याङले पाल्पाको निस्दी सव डिभिजन वन कार्यालयका सामाग्रीमा क्षति पुर्याएको छ ।
कार्यालय भित्र रहेका विधुतीय सामग्रीमा क्षति पुगेको कार्यालयले जनाएको छ । मित्यालमा रहेको कार्यालयको डेक्सटप, ल्यापटप , प्रिन्टर, इन्भटरका साथै ईन्टरनेटको राउटरमा क्षति पुगेको सव डिभिजन वन कार्यालय प्रमुख नन्द प्रसाद अधिकारीले बताउनुभयो।
कार्यालयमा जडित सोलार पावरको प्यानलमा समेत क्षति पुगेको अधिकारीले बताउनुभएको छ । विधुतीय उपकरणमा पुगेको क्षतिको आकंलन गर्दा झण्डै ३ लाख बराबरको क्षति भएको अनुमान छ । पाल्पा सहित छिमेकी जिल्लामा बिहीबार बेलुका ६ बजेतिर चट्याङसहित असिना पानी परेको थियो ।