2

Logo २०८३ बैशाख १३ आइतबार
  पाल्पामा नेकपा एमालेका ३ सदस्य निर्विरोध

  पाल्पामा नेकपा एमालेका ३ सदस्य निर्विरोध


Sabalnews प्रकाशित मिति : मंगलबार, बैशाख १३ २०७९
1.9K

पाल्पा ।

पाल्पामा आगामी बैशाख ३० को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट ३ जना महिला सदस्य  उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । वैशाख १२ गते भएको मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि जिल्लाको पुर्वखोला गाउँपालिकाका २ महिला सदस्य र निस्दी गाउँपालिका ६ अर्चलेका दलित महिला सदस्य उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

एकल मनोनयन दर्ताबाट निर्वाचित हुनेमा पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पाकी महिला सदस्य भिमिसरा आले, वडा नं. ५ विरकोटकी दलित महिला सदस्य पार्वती हिताङ्ग रहेको पूर्वखोला गाउँपालिकाका निर्वाचन अधिकृत मधु अर्याल खनाले जानकारी दिनुभयो । त्यस्तै निस्दी गाउँपालिका ६ अर्चलेका दलित महिला सदस्य लाली माया वि.क. को एकल उम्मेदवारी परेकाले निर्वाचन अधिकृतको कार्यालयले सो उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।

पूर्वखोला गाउँपालिकाको अध्यक्षमा ४ जना र उपाध्यक्षमा २ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।  नेकपा एमालेबाट नुनबहादुर थापा, गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मिनप्रसाद गिरी, मंगोल नेशनल अर्गनाइजेसनका मोहन सिं सारु, जनता समाजवादी नेपालका विपिनकुमार सारुले अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उपाध्यक्षमा नेकपा एमालेबाट भागीरथी भट्टराई र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विष्णु कुमारी आचार्यले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै वडा नं.  १ को अध्यक्षमा एमालेबाट गिरीमान आले र गठबन्धनको तर्फबाट कांग्रेसका चुनबहादुर थापा, वडा नं २ को अध्यक्षमा एमालेका निरबहादुर सारु, गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल राना र मंगोल नेशनल अर्गनाईजेशन बाट बालकृष्ण आले, वडा नं  ३ को अध्यक्षमा एमालेबाट कृष्ण प्रसाद भट्टराई, गठबन्धनमा कांग्रेसबाट उमान सिं सुनारी मगर र राष्ट्रिय जनमोर्चाबाट पूर्णबहादुर फाल, वडा नं ४ को अध्यक्षमा एमालेबाट मेहर सिं थापा, गठबन्धनमा कांग्रेसबाट मेहर सिं थापा, मंगोल नेशनल अर्गनाईजेशनका  योजना दर्लामी, वडा नं ५ मा एमालेबाट विष्णु कुमार पल्ली र गठबन्धनमा माओवादी केन्द्रका दलबहादुर काम्मु, वडा नं ६ मा एमालेबाट धन बहादुर घर्ती र गठबन्धनमा कांग्रेसबाट झमबहादुर घर्तीले उम्मेदवारी दर्ता गराएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com