गठबन्धनको निर्णय नमान्नेलाई कारबाही- गृहमन्त्री खाण
रुपन्देही ।
गृहमन्त्री बालकृष्ण खाणले गठबन्धन दलको निर्णय नमान्ने नेता, कार्यकर्तालाई कारबाही गरिने बताउनुभएको छ ।
गृहजिल्ला रुपन्देहीको तिलोत्तमामा रहेको आफ्नै निवासमा बुधवार पत्रकार भेटघाटमा बोल्दै उहाँले चुनावमा गठबन्धन दलबीच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लङ्घन गर्ने छुट कसैलाई नभएको बताउनुभयो । अहिले गठबन्धन हुन्छ हुँदैन भन्ने सवाल कतिपय ठाउँमा गठबन्धन होला कतिपयमा ठाउँमा छुट्टाछुट्टै हुन सक्ला तर केन्द्रले जे निर्णय गर्छ, त्यसको पालना गर्नुपर्छ ।’ नागरिकका अधिकार सशक्त बनाउन पालिका चुनाव महत्त्वपूर्ण भएको बताउनुभयो । नागरिकको नजिकको सरकार भएकाले पालिका चुनाव शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नतर्फ सरकारले विशेष ध्यान दिएको छ यसमा सबै लागौ उहाँले भन्नुभयो ।

गृहमन्त्री खाणले पहिले पालिका चुनाव विभिन्न चरणमा हुने गरे पनि अहिले एकैदिन गर्न लागिएकाले सुरक्षाको उचित प्रबन्ध गरिएको बताउनुभयो ।