2

Logo २०८३ बैशाख १३ आइतबार
निस्दीमा एमालेको सातै वडाको उम्मेदवार छनौट

निस्दीमा एमालेको सातै वडाको उम्मेदवार छनौट

अध्यक्ष र उपाध्यक्षमा आकांक्षी धेरै

होम राई मगर प्रकाशित मिति : मंगलबार, चैत्र २९ २०७८
7K

निस्दी ।

नेकपा एमाले निस्दी गाउँ कमिटी पाल्पाले स्थानीय निर्वाचन २०७९ को लागि वडाध्यक्षको उम्मेदवार छनौट गरेको छ ।

आगामी बैशाख ३० गते शुक्रबार देशभर सन्चालन हुने स्थानीय निर्वाचनको लागि वडाध्यक्षमा वडा नम्बर-१ बाकामलाङमा यम बहादुर राना, वडा नम्बर-२ सहलकोटमा फत्ते सिं दर्लामी, वडा नम्बर-३ झिरुबासमा नविन्द्र थापा (सोती) र वडा नम्बर-४ मित्यालमा सन्तबिर सुनारीको नेतृत्वमा वडा समितिको लागि प्रस्तावित उम्मेदवारहरु सिफारिस गरिएको छ । यसैगरी वडा नम्बर-५ गल्धामा दुर्ग बहादुर सोमै, वडा नम्बर-६ अर्चलेमा मेख बहादुर सुनारी र वडा नम्बर-७ ज्यामिरेमा मुक्त बहादुर पाटा (मिझार) को नेतृत्वमा उमेदवार छनौट गरिएको नेकपा (एमाले) निस्दी गाउँ कमिटी सचिब मेख बहादुर सुनारीले बताउनुभयो । यस पटकको निर्वाचनमा वडा नम्बर-६,अर्चलेका मेख बहादुर सुनारी बाहेक अन्य वडाध्यक्षमा नयाँ अनुहार देखिएको छ भने वडा सदस्यहरुमा समेत यसको प्रभाव देखिएको छ ।

यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा धेरै जनाको आकांक्षा देखिएको छ । जसमा वर्तमान अध्यक्ष मुक्त बहादुर सारु, जिल्ला कमिटी उपाध्यक्ष देवीलाल लामीछाने, जिल्ला कमिटी सदस्यहरु हेम बहादुर खाम्चा, भुवन थापा सोती, दमन सिं पाटा र जिल्ला कमिटी सदस्य तथा लोक गायक हुम गैरे गरि ५ जना रहनुभएको छ ।

उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष रीता कुमारी अर्यालको पुनः दाबी छ । त्यस्तै जिल्ला समन्वय समिति पाल्पाका सदस्य खरगती राना, अखिल नेपाल महिला संघ निस्दीका अध्यक्ष तिरन कुमारी श्रेष्ठ, लिमी सरा राना र प्रीतम आले रहनुभएको छ ।

सोमबार बसेको गाउँ कमिटीको बैठकमा प्रस्तावित गरेका नामहरु बारे आगामी बैठकमा सर्वसम्मत सिफारिस गरिने एमाले निस्दीले जनाएको छ ।

जम्मा ७ वटा वडा रहेको निस्दी गाउँपालिकामा यस अघि २०७४ मा भएको स्थानीय तहको चुनावमा वडा नम्बर-१ बाकामलाङ्ग र वडा नम्बर-७ ज्यामिरेमा नेपाली कांग्रेस र बाकी वडाहरुमा नेकपा (एमाले) का उम्मेदवारहरु बिजयी भएका थिए भने अध्यक्ष र उपाध्यक्ष पदमा एमालेले जितेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com