2

Logo २०८३ बैशाख १३ आइतबार
महिला वीच भलिवल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबलाई

महिला वीच भलिवल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबलाई


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र २७ २०७८
1.2K

पाल्पा । पाल्पाको रानीमहलमा भएको प्रथम सञ्जयस्मृति राष्ट्रिय महिला वीच भलिबलको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ। ऎतिहासिक रानीमहलको कालीनदी बगरमा फाइनलमा भिडेका लुम्बिनी प्रदेश र पुलिस क्लब बिचको खेलमा लुम्बिनीलाई सोझो सेटमा पराजित गर्दै नेपाल पुलिसले उपाधि जितेको हो।                                                                                                                                                 फाइनलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई २–० सेटमा पराजित गर्‍यो। पहिलो सेट २१–८ र दोस्रो सेट २१–१७ ले पुलिसले उपाधि कब्जा गरेको हो। नेपाल पुलिसका कमला पुन र मनिषा चौधरीले लुम्बिनी प्रदेशकी भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई पराजित गरेका थिए।
प्रतियोगितामा विजेता नेपाल पुलिसले १ लाख रुपैया, ट्रफी मेडल, पाल्पाली करुवा पुरस्कार पाएको छ। उपविजेता बनेको  लुम्बिनी प्रदेशले नगद ५० हजार, ट्रफी मेडल र पाल्पाली करुवा प्राप्त गरेको छ ।

प्रतियोगितामा तेस्रो भएको सुदूरपश्चिम प्रदेशले नगद ३० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र पाल्पाली करुवा र चौथो भएको गण्डकी प्रदेशले नगद २० हजार र प्रमाणपत्र पुरस्कार हात पारेको छ।                                                                         सञ्जय स्मृति प्रतिष्ठानले चैत २४ गतेदेखि आयोजना गरेको प्रतियोगितामा दुई विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) सहित ७ प्रदेशका टिम सहभागी थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com