2

Logo २०८३ बैशाख १३ आइतबार
रानीमहलमा हुने महिला भलिवलको तयारी पूरा

रानीमहलमा हुने महिला भलिवलको तयारी पूरा


Sabalnews प्रकाशित मिति : मंगलबार, चैत्र २२ २०७८
939

पाल्पा ।

पाल्पाको पर्यटकीय स्थल रानीमहलमा हुने सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । सञ्जय स्मृति प्रतिष्ठानको आयोजनमा हुने महिला भलिवल बारे जानकारी दिदै प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले पाल्पाको तानसेन रानीमहलमा हुने प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोली आर्मी, एपिएफ र पुलिसको सहभागिता रहने जानकारी दिनुभयो ।

नेपाल भलिबल सघको सहकार्यमा हुने प्रतियोगितामा बिजेता टोलीले १ लाख, द्दितियले ५० हजार नगद पुरस्कार सहित सम्मान पत्र प्राप्त गर्ने छन् ।
चैत २४ गतेदेखि २६ गतेसम्म हुने प्रतियोगितामा झण्डै ३० लाख लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागी खेलाडीको यातायात, बसोबास, जर्सी र अन्य खेल सामग्रीको व्यवस्था आयोजकले गर्नेछ ।

पाल्पाली चलचित्र नायक धीरेन शाक्यले खेलकुददेखि कला, सङ्गीत र सामाजिक कार्यमा सक्रिय तानसेनका सञ्जय मास्केको स्मृतिमा प्रतियोगिता गर्न लागिएको जानकारी दिनुभयो । वि.सं २०५५ मा सडक दुर्घटनामा मास्केको निधन भएको थियो ।

पाल्पाली संगम काठमाण्डौंका अध्यक्ष पदम न्यौपाने, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन लगायतले खेलकुदको माध्यमबाट पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com