2

Logo २०८३ बैशाख १४ सोमबार
नेपाली काङ्ग्रेस पाल्पाको पालिकागत अभियान सम्पन्न

नेपाली काङ्ग्रेस पाल्पाको पालिकागत अभियान सम्पन्न


Sabalnews प्रकाशित मिति : सोमबार, चैत्र २१ २०७८
4.3K

पाल्पा ।

नेपाली काङ्ग्रेस केन्द्रिय समितिको “घर-घर जाऔं, काङ्ग्रेस जिताऔं” अभियान पाल्पाका सबै स्थानिय तहमा सकिएको छ । गत महिना केन्द्रिय समितिको निर्णय बमोजिम जिल्लामा खटिएका केन्द्रिय प्रतिनिधि सहितको अभियान जिल्लाका १० वटै पालिकामा भएको हो । आगामी हप्ताभर वडा, नगरका उमेदवार छनौट प्रक्रिया तथा संरचनागत छलफल, बैठक बस्नेछ ।

जिल्लाको माथागढी गाउँपालिकाबाट शुरु भएको अभियान सोमबार रामपुर नगरपालिकामा पुगेर सकिएको नेपाली काङ्ग्रेस पाल्पाले जनाएको छ । यो अबधिमा नेपाली काङ्ग्रेस पाल्पा नयाँ जोश जागर लिएर जनताको घरदैलोसम्म पुगेको नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले बताउनुभयो । नेपाली काङ्ग्रेस केन्द्रिय समितिले पाल्पा जिल्लामा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा नेपाल महिला संघका केन्द्रिय उपाध्यक्ष सरस्वती तिवारी अर्याललाई खटाएको थियो ।

नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य मध्य बहस र बिचारमा खरो उत्रनुहुने अर्यालले नेपाली काङ्ग्रेसले देशको हितमा चालेको कदम र हरेक परिस्थितिमा देशलाई बचाउने पार्टी भएको बताउनुभयो । परिवर्तित समाजमा जनताको जीवन स्तर उकास्दै महिला र पुरुषको समान अधिकार स्थापित हुने गरि लाग्न उहाँले सबै नेता कार्यकर्तामा आग्रह गर्नुभयो । आसन्न स्थानीय तहको निर्वाचनमा जनताको घरदैलोमा नेपालको बस्तुस्थिति,विकास र काङ्ग्रेसले गरेका उपलब्धिलाई लिएर पुगेको अभियानले देश काङ्ग्रेसमय भएको उहाँको भनाई थियो ।

नेपाली काङ्ग्रेस रामपुर नगरपालिकाको आयोजना तथा वडा नम्बर ८ को व्यबस्थापनमा भएको कार्यक्रममा पार्टीका प्रदेश सदस्य कृष्ण अधिकारीले काङ्ग्रेस, काङ्ग्रेसको इतिहास, झण्डाका बिषयमा बोल्नुभएको थियो । प्रदेश सदस्य कल्प पौडेलले बिपिको चिन्तन र सिद्धान्त नै सर्वोपरी रहेको उल्लेख गर्दै अनुदानमा आएको एमसीसी देशको हितमा रहेको बताउनुभयो । प्रदेश सदस्य बिष्णु माया ढकालले महिला अबको चुनाबमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो । नेपालेव काङ्ग्रेस जिल्ला उपसभापति ज्ञान बहादुर गाहाले जिल्लामा भेला गरि जिल्लाभर चलाएको अभियानले काङ्ग्रेसमय भएको बताउनुभयो । पार्टीका जिल्ला प्रबक्ता शोभाखर न्यौपानेले स्थानीय तह बलियो हुने गरि काङ्ग्रेस लागेको बताउनुभयो । पार्टीका महाधिवेशन प्रतिनिधि हजुलदिन मियाले इस्लाम र प्रदेश निर्वाचन समिति सभापति राम बहादुर रानाले जनजाति समुदायको अबस्थाका बिषयमा जानकारी दिनुभएको थियो । क्षेत्रिय सभापति झमन राज मगरले आगामी स्थानीय तह निर्वाचन, प्रक्रिया र भुमिका बारे बोल्नुहुदै केन्द्रको रुलिङ अनुसार अब वडा, नगरबाट उम्मेदवार दर्ताका काम शुरु गरिने जानकारी दिनुभयो । केन्द्रिय समितिको निर्णय अनुसार आगामी बैशाख १ भित्र केन्द्रमा उमेदवारको नाम पठाइसक्नुपर्नेछ ।

नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा नगरपालिकाका प्रमुख रमण बहादुर थापाले काङ्ग्रेस नेतृत्वको रामपुर नगरपालिकाले नगरका नागरिकको हितमा गरेका कामबारे बोल्नुभएको थियो ।

नेपाली काङ्ग्रेस रामपुर नगर कार्यसमिति सभापति नेत्र प्रसाद भट्टराईको अध्यक्षता, वडा नम्बर ८ का सभापति कालू थापाको स्वागत र नगर सचिव ओम प्रकाश बस्यालको संचालनमा कार्यक्रम भएको हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com