2

Logo २०८३ बैशाख १३ आइतबार
आईपीएलमा गुजरात टाइटन्सको दोस्रो जित

आईपीएलमा गुजरात टाइटन्सको दोस्रो जित


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र २० २०७८
1K

काठमाडौं ।

इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वान्टी- ट्वान्टी  क्रिकेटमा गुजरात टाइटन्सले दोस्रो जित हात पारेको छ।

गएराति भएको खेलमा गुजरातले दिल्ली क्यापिटल्समाथि १४ रनको जित निकालेको हो । १७२ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १५७ रनमा समेटियो ।

दिल्लीका लागि कप्तान ऋषभ पन्तले ४३, ललित यादवले २५ तथा रोभम्यान पावेलले २० रन बनाए । गुजरातका लोकी फर्गुसनले ४ तथा मोहम्मद सामीले २ विकेट हात पारे ।

यसअघि पुनेमा टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ६ विकेटको नोक्सानीमा १७१ रन बनाएको थियो । उसका लागि शुभमन गिलले ८४ रनको अर्धशतक ल्याए।

त्यस्तै कप्तान हार्दिक पाण्ड्या ३१ रनमा आउट हुँदा डेविड मिलर २० रन ल्याए । बलिङतर्फ दिल्लीका मुस्तफिजुर रहमानले ३ तथा खलिल यादवले दुई विकेट झारे ।

नवप्रवेशी टिम गुजरातले आफ्नो पहिलो खेलमा अर्को नवप्रवेशी लखनऊ सुपर जायन्टलाई हराएको थियो । आज साविक विजेता चेन्नई सुपर किंग्सले पञ्जाब किंग्सको सामना गर्दैछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com