प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकर बीच भेटवार्ता
काठमाडौं ।
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेर बहादुर देउवाले भारतीय विदेशमन्त्री एस जयशंकर सँग भेटवार्ता गर्नुभएको छ । ३ दिने भारत भ्रमणका लागि शुक्रबार दिउँसो दिल्ली पुग्नुभएका प्रधानमन्त्री देउवाको भ्रमणलाई महन्वपुर्ण रुपमा लिइएको छ ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ४० सदस्यीय टोलीको नेतृत्व गर्दै जानुभएका प्रधानमन्त्री देउवालाई भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । भारतीय विदेशमन्त्री जयशंकरसँगको भेटमा नेपाल भारत सम्बन्धबारे छलफल भएको छ । नेपाल वायु सेवा निगमको जहाज मार्फतअपरान्ह ४ बजे नयाँदिल्ली पुग्नुभएका देउवाले शनिवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुनेछ ।
आइतवार बनारसको भ्रमण गरी सोही दिन स्वदेश फिर्ता हुने कार्यक्रम छ । भारतमा रहेका बेला प्रधानमन्त्री देउवा विभिन्न कार्यक्रम बैठकमा सहभागी हुनुहुनेछ ।