आज घोडेजात्रा मनाइदै, उपत्यकामा बिदा
आज घोडेजात्रा मनाइदै, उपत्यकामा बिदा
876
काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ ।
चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने किम्बदन्ती अनुसार यो जात्रा मनाउदै आइएको छ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा छ ।
नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा युद्धकला, अश्वकला, शारीरिक व्यायाम र मोटरसाइकल खेल लगायत प्रदर्शन हुनेछ । घोडा प्रतियोगिता हुनेछ । टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहनेछ ।
आजकै दिन ललितपुरमा पनि एउटा मात्र आँखा देख्ने घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट