2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा झण्डै २ लाख मतदाता, ११८ मतदान स्थल र २४७ मतदान केन्द्र

पाल्पामा झण्डै २ लाख मतदाता, ११८ मतदान स्थल र २४७ मतदान केन्द्र


Sabalnews प्रकाशित मिति : बुधबार, चैत्र १६ २०७८
1.6K

पाल्पा ।

आगामी स्थानीय तहको निर्वाचनमा पाल्पामा १ लाख ९९ हजार ६ सय ९० जना मतदाता छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता तथ्याङ्क अनुसार पाल्पामा यि झण्डै २ लाखले मत हाल्नेछंन् ।
पाल्पामा १० स्थानीय तह छ । जहाँ १ लाख ३ हजार १० जना महिला र ९६ हजार ९ सय ८० पुरुष मतदाता रहेका छन् । जिल्लाका सबै स्थानीय तहमा पुरुष भन्दा महिला मतदाता बढी छन् । सबैभन्दा बढी मतदाता जिल्ला सदरमुकामको तानसेन नगरपालिका र सबैभन्दा कम पुर्वखोला गाउपालिकामा रहेका छन् । जिल्लामा ११८ मतदान स्थल र २४७ मतदान केन्द्र रहनेछ ।

सदरमुकाम तानसेन नगरपालिकामा १७ हजार ७ सय ४१ महिला र १६ हजार २८ पुरुष गरी ३३ हजार ७ सय ६९ मतदाता छन् । जहाँ २२ मतदान स्थल र ४४ मतदान केन्द्र रहनेछ । सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा ७ हजार १ सय ६९ महिला र ६ हजार ५ सय २९ पुरुष गरि १३ हजार ६ सय ९८ मतदाता कायम भएको छ । जहाँ ९ मतदान स्थल र १७ मतदान केन्द्र छन् ।

जिल्लाको रामपुर नगरपालिकामा २९ हजार ६७ जना मतदाता रहेका छन् । जसमा १५ हजार ३ सय ५ महिला र १३ हजार ७ सय ६२ पुरुष छन् । रामपुरमा १४ मतदान स्थल र ३५ मतदान केन्द्र रहनेछ । तिनाउ गाउँपालिकामा ७ हजार २ सय ४५ पुरुष, ७ हजार १ सय ४१ महिला गरी १४ हजार ३ सय ८६ मतदाता रहेका छन् । तिनाहुमा १० मतदान स्थल र १८ मतदान केन्द्र छन् । ९ मतदान स्थल र १९ मतदान केन्द्र रहेको निस्दी गाउँपालिकामा ७ हजार ५ सय ८९ महिला र ७ हजार ४ सय ९६ पुरुष गरी १५ हजार ८५ मतदाता छन् । बगनासकाली गाउँपालिकामा १० हजार ३ सय ३४ महिला र ९ हजार ५ सय ५ पुरुष गरी १९ हजार ८ सय ३९ जना मतदाता रहेकोमा ११ मतदान स्थल र २२ मतदान केन्द्र छ । त्यस्तै माथागढी गाउँपालिकामा ९ हजार ८ सय ६७ महिला र ९ हजार ४ सय ८० पुरुष गरी १९ हजार ३ सय ४७ जना मतदाता छन् । जहाँ १० मतदान स्थल र २३ मतदान केन्द्र छ । ९ मतदान स्थल र २१ मतदान केन्द्र कायम गरिएको रम्भा गाउँपालिकामा ९ हजार १ सय ७६ महिला र ८ हजार ४ सय ८७ पुरुष गरी १७ हजार ६ सय ६३ जना मतदाता छन् । रिब्दीकोट गाउँपालिकामा ८ हजार ३ सय ८४ महिला र ८ हजार ११ पुरुष गरि १६ हजार ३ सय ९५ जना मतदाताले १० मतदान स्थल र २१ मतदान केन्द्रबाट मत हाल्नेछ्न् ।
जिल्लाको पश्चिम रैनादेवी छहरा गाउँपालिकामा १० हजार ३ सय ४ महिला र १० हजार १ सय ३७ पुरुष गरी २० हजार ४ सय ४१ जना मतदाता छन् । उनीहरुलाई १४ मतदान स्थल र २७ मतदान केन्द्र कायम भएको छ ।
निर्वाचन आयोगले पाल्पामा एक मुख्य निर्वाचन अधिकृत र ९ जना निर्वाचन अधिकृत तोकेको छ । मुख्य निर्वाचन अधिकृत सदरमुकाम तानसेन नगरपालिकाको अधिकृतको जिम्मेवारी समेत रहनेछ भने अन्य ९ पालिकामा निर्वाचन अधिकृत खटाएको छ ।
जिल्लामा आगामी बैशाख ५ गते मुख्य निर्वाचन अधिकृत र बैशाख ८ गते पालिकाहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जिल्ला निर्वाचन कार्यालय पाल्पाका कार्यालय प्रमुख रुक्मागत अर्यालले बताउनुभयो । जिल्लामा १४ वटा राजनीतिक दलले स्थानीय तह निर्वाचनको लागि दल दर्ता गराएका छन् । राजनितिक दतले स्थानीय तहको निर्वाचन लक्षित गतिबिधीलाई स्थानीय तहमा बढाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com