2

Logo २०८३ बैशाख १३ आइतबार
पत्रकारको नि:शुल्क उपचारको व्यवस्था कार्यान्वयनमा लैजान्छु – स्वास्थ्यमन्त्री खतिवडा

पत्रकारको नि:शुल्क उपचारको व्यवस्था कार्यान्वयनमा लैजान्छु – स्वास्थ्यमन्त्री खतिवडा


Sabalnews प्रकाशित मिति : बुधबार, चैत्र १६ २०७८
1.1K

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्यसस्थामा पत्रकारलाई नि:शुल्क उपचार गर्ने व्यवस्थाको  व्यवस्थाको व्यवहारिक रुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले महासङ्घको सदस्य रहेका पत्रकारलाई ‘उपचार सुविधा परिचयपत्र’ का आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने विषयलाई कार्यान्वयन गर्ने बताउनुभयो ।

सरकारले आ.वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दा श्रमजीवी पत्रकारका लागि रु सात लाखसम्मको दुर्घटना बीमा गरी प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो आर्थिक वर्ष समाप्त हुन लागिसक्दा पनि यो विषय कार्यान्वयन हुन नसकेको प्रति म चिन्तित छु, विषयगत रुपमा सञ्चार मन्त्रालयअन्तर्गतको कार्यक्रम भए पनि यो कार्यान्वयनको सवाल मेरो मन्त्रालयसँग जोडिएको विषय हो, म मेरै कार्यकालमा यो विषय कार्यान्वयको सुरुआत होस् भन्ने चाहन्छु ।”

मन्त्री खतिवडाले मातहतका कर्मचारीलाई पत्रकारको स्वास्थ्य उपचारको विषय कार्यान्वयनमा ल्याउनका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको जनाउँदै नीति र निर्णयगत सहजीकरण तत्कालै गरी सबै अस्पतालमा सो निर्देशन पठाइदिने र पत्रकारको सरकारी अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था कार्यान्वयनमा ल्याइने बताउनुभयो ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरिरहेको जनाउँदै उहाँले सबै नेपालीलाई बीमाको दायरामा आउन अपिल समेत गर्नुभयो । महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले कोरोना महामारीको समयमा जनतालाई सही र जिम्मेवार सूचना प्रभाव गर्ने सञ्चारकर्मीको प्रसंशा गर्नुभयो । मन्त्री खतिवडाले महासंघको स्थापना दिवसको अबसरमा भएको दन्त परिक्षण, मृगौला परिक्षण तथा रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । उहाँको दन्त परिक्षण गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com