2

Logo २०८३ बैशाख १३ आइतबार
मुगुमा सरकारी जग्गामा बनेका टहरा हटाइयो

मुगुमा सरकारी जग्गामा बनेका टहरा हटाइयो


Sabalnews प्रकाशित मिति : बिहिबार, चैत्र १० २०७८
1.9K

मुगु सदरमुकाम गमगढी बजारका सरकारी जग्गामा निर्माण भएका टहरा बिहीवार हटाइएकाे छ । सरकारी जग्गामा रजाई गरेर बसोबास गरिरहेका २२ टहरा नेपाल प्रहरी, सशस्त्र प्रहरी, खाद्य र स्थानीयको सहभागितामा हटाइएकाे हाे ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले खाद्य  व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुको जग्गामा बनेका सम्पूर्ण अस्थायी संरचना फागुन मसान्तभित्र खाली गर्नुपर्ने भन्दै १ पुसमा पत्र जारी गरेकाे थियाे । पत्र पठाएकाे दुई महिना अर्थात चैत महिनामा मात्रै खाली गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय मुगुका कार्यालय प्रमुख पुस्कर भामले बताए ।

भामका अनुसार उनीहरुले करिब २८ महिना सम्म सम्झौताविना सरकारी जग्गामा निजी टहरा निर्माण गरी बसोबास गर्दे आएका थिए । खाद्य कार्यालयलाई हालसम्म कुनै पनि बक्यौता भाडा पनि नदिएको र उल्टै उनीहरूले अन्य नागरिकबाट टहरा भन्दै भाडा असुल्ने गरेको बताएका छन् ।

हटाइएका टहरामा कार्यालयले घेराबार गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com