अचेत फेला परेकी महिलाको मृत्यु
पाल्पा ।
रामपुर नगरपालिका वडा नम्बर ३ बगाहामा शनिबार साँझ अचेत अवस्थामा फेला परेकाे एक महिलाको मृत्यु भएको छ । बगाहाबाट सीताकुण्ड जाने कच्ची सडक खण्डको पश्चिम भागमा रहेको नालीमा बगाहाकी ६५ वर्षीय सुकमाया गिरी सारु अचेत अवस्थामा फेला परेकी थिईन्।
फेला परेको जानकारी प्राप्त भएपछि प्रहरी चौकी केलादीको टोलीले उपचारको लागि रामपुर अस्पताल पठाएको थियो । चिकित्सकले चेकजाँच पश्चात् मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि रामपुर अस्पतालमा राखिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।