2

Logo २०८३ बैशाख १३ आइतबार
स्याङ्जा स्रष्टा सदनको अगुवाईमा यति एयरलाइन्सको टिकटमा कलाकारलाई छुट

स्याङ्जा स्रष्टा सदनको अगुवाईमा यति एयरलाइन्सको टिकटमा कलाकारलाई छुट


Sabalnews प्रकाशित मिति : मंगलबार, कार्तिक २० २०८१
1.1K

पोखरा ।

स्याङ्जा स्रष्टा सदनको अगुवाईमा यति एयरलाइन्सको समन्वयमा देशभरका कलाकारलाई यतिको उडानमा विशेष छुट दिने सम्झौता भएको छ ।

स्याङ्जा स्रष्टा सदनका महासचिव घनश्याम रिजालको पहलमा नेपालको हवाइ सेवा प्रदायक कम्पनी यति एयरलाइन्स संगको समन्वयमा मंगलबार यो सम्झौता भएको हो ।

यति एयरलाइन्स र स्याङ्जा स्रष्टा सदन बिच कलाकारहरुलाई विशेष छुट सहित हवाइ टिकट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो महासचिव रिजालले भन्नुभयो । यति एयरलाइन्स पोखराका स्टेसन म्यानेजर राम लामिछाने र स्याङ्जा स्रष्टा सदनका अध्यक्ष पशुपति शर्मा बिच मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यो सम्झौता स्याङ्जा स्रष्टा सदनको अगुवाइमा भएपनि देशका सबै कलाकारहरुले यो विशेष सुबिधा उपयोग गर्न पाउने यति एयरले जनाएको छ ।

यो सुबिधा लिनका लागि यति एयरलाइन्सको मोबाइल एप लग इन र आफ्नो मोबाइल नम्बर र इमेल उपलब्ध गराउन अनुरोध गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com