2

Logo २०८३ बैशाख १३ आइतबार
३१ बर्षदेखि गाउँमा रमाएका ओकेबाजेलाई पाल्पामा नागरिकले गरे अभिनन्दन

३१ बर्षदेखि गाउँमा रमाएका ओकेबाजेलाई पाल्पामा नागरिकले गरे अभिनन्दन


Sabalnews प्रकाशित मिति : शनिबार, कार्तिक ३ २०८१
3.1K

पाल्पा ।

पाल्पामा विगत ३ दशक यता रहेर सामाजिक सेवामा तल्लिन जापानीज नागरिक काजुमासा काकिमी ओकेबाजेलाई पाल्पामा नागरिकले अभिनन्दन गरेका छन् ।

तत्कालिन समयमा पाल्पाको जल्पा ढोलिमारामा आइपुगेका ओकेबाजे त्यही रम्न थाले अन्ततः नेपाली गाउले मायाले ओकेबाजेलाई गाउमै भुलायो । शिक्षण सेवामा रहेका ओकेबाजेलाई फेरि जापान फर्किएर पेशामा फर्कन मन लागेन उनी पाल्पामा बसेर गाउँका नागरिकको सेवामा लाग्न प्रेरित भए ।

पाल्पा जल्पाको ढोलिमारा आएर समुहमा आबद्ध भएर कोष खडा गर्न केही रकम सहयोग गरेर सिकाएका ओकेबाजेले शुरुवात गरेको महिलाहरुको समुह अहिले सहकारीमा संस्थागत बनेको छ । आर्थिक सबलीकरण नभई परिवर्तन हुन र गर्न सकिदैन भन्ने भावले सानो भएपनि कोष र नियमित बचतको सचेतना गाउँमा छरे । तत्कालिन समयमा विकट रहेको ढोलीमारा गाउँको माँयाले खिचेर त्यही लामो समय बिताएका ओकेबाजेले नेपाली परिबेशमा भुल्दै पाल्पाको धेरै गाउँठाउँ पुगे । अन्ततः पुर्वी पाल्पालीको सेवामा विभिन्न तबरबाट लागेका उनी पछिल्लो समय पश्चिम र नवलपरासी, नवलपुर जिल्लामा पनि सहयोग पुर्‍याए । गाउँमा शिक्षाका लागि भवन निर्माण, छात्रबृत्ति प्रदान र स्वास्थ्य, सञ्चार, क्लबमा सहयोग देखि विपन्न परिवारमा प्राथमिक देखि उच्च शिक्षा पढ्ने वातावरण झोला, पोषाकमा करोडौं सहयोग गर्दै आएका छन् ।
उनै समाजसेवी काकिमीलाई पाल्पा सहित नवलपरासी र नवलपुर जिल्लाका स्थानीय तह, विद्यालय र संघ सस्थाले अभिनन्दन गरेका हुन् ।

प्रमुख आतिथी लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले काजुमासा काकिमी (ओकेबाजे)ले निरन्तर निःस्वार्थ भावका साथ जिल्लाको ग्रामीण क्षेत्रका बस्तीको उत्थानको लागि पुर्याउनु भएको महत्वपूर्ण योगदानको प्रशंसा गर्दै ओकेबाजे र तीन बालकसहितको पूर्णकदको प्रतिमा अनावरण गर्नुभयो । उहाँले ओकेबाजेलाई अभिनन्दन पत्र समेत प्रदान गर्नु भएको छ ।

रामपुर नगरपालिका ७ किसानबारीमा ज्योतिपुन्ज कप उद्घाटन संगसंगै भएको अभिनन्दन कार्यक्रममा बोल्दै जापानीज नागरिक काजुमासा काकिमी ओकेबाजेले नेपालीको मायाले र सम्मानले आफुलाई गर्व लागेको बताउनुभयो । ३ दशक अघि पाल्पाको ढोलिमारा गाउँ आउदा बाटो थिएन, बिजुली थिएन, पानी थियो तर टाढा जानू पर्थ्यो तर त्यहाँ एउटा चिज भने थियो त्यो हो माया, गाउलेको माया यसले नै आफुले नेपालको छोड्न नसकेको बताउनुभयो ।

उहाँले नेपालीको मायाँले आफु नेपालमै बस्न मन पराएको बताउदै पहिले सक्दो सहयोग गरे, अहिले बिकास भैइरहेको छ अझ स्वास्थ्यले साथ दिदासम्म यही बस्छु पछि के हुन्छ, अहिले नसोचेको उल्लेख गर्नुभयो । आफु बेला–बेला जापान गएर यहीको सहयोग सहकार्यमा लागी पर्दा आफु खुसी भएको बताउनुभयो ।

समाजसेवि काजुमासा काकिमी ओकेबाजेको अभिनन्दनमा मुल आयोजक समितिले ओकेबाजेको पुर्णकदको प्रतिमा बनाएर उद्घाटन गरेको छ । ओकेबाजेको सहयोगमा निर्मित किसानबारी आखाँ अस्पतालको छेवैमा रहेको ओकेबाजे मितेरी पार्कमा गाउँले परिबेशमा ३ जना व्यक्ति सहित रहेका बाजेको प्रतिमा स्थापना गरिएको हो । प्रतिमाको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारु र स्वयं ओकेबाजेले अनावरण गर्नुभयो ।

ओकेबाजे अभिनन्दन मुल समारोह समितिका संयोजक भिमविश्व भट्टराईले प्रकाश पार्दै निस्वार्थ भावले पाल्पालीको सेवामा तल्लिन समाजसेवी काकिमीको सम्मानमा प्रतिमा बनाइएको बताउनुभयो । चौरासी पुजा पनि नेपाली सस्कृति अनुसार रामपुरमा गर्नुभएका ओकेबाजेको उमेर पनि ८६ बर्ष पुगेकोले बाजेको दैनिक सक्रियता र उहाँको सम्मान स्वरुप अभिनन्दन कार्यक्रम राखेको भट्टराईले बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी सभा सदस्य तथा अर्थ, उद्योग र पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठ, जिल्ला समन्वय समिति संयोजक टंकनाथ खनाल सहित पाल्पा, नवलपरासी र नवलपुरका १ दर्जन बढी स्थानीय तह, शैक्षिक सस्था र संघ सस्था गरि सयौ सस्थाले ओकेबाजेलाई सम्मान, अभिनन्दन पत्र र मायाको चिनोले सम्मान गरेका थिए ।

जापानी नागरिक हुनुले गीत सङ्गीत सहित जापानीज नागरिकको सम्मान र लगाबको प्रशम्शा गर्नुभयो । ओकेबाजेका शुभेच्छुक जापानीज नागरिक अभिनन्दन कार्यक्रममा सहभागी थिए ।

कार्यक्रम अघि रामपुरका विभिन्न स्थानमा झाकी सहित र्‍यालीले बजार परिक्रमा गरेको थियो । रामपुर स्काउट दलको मार्चपास, मानव पिरामिड र डि एण्ड जि कलाकेन्द्रको प्रस्तुति सहित राष्ट्रिय कलाकार बद्री पङ्गेनी र मोहन खड्काको साँस्कृतिक प्रस्तुति कार्यक्रममा रहेको थियो । रामपुर आईटिएफ तेक्वान्दो दोजाङको सेल्फ डिफेन्ड डेमो, मगर समाजको कौरा र नेवार समाजको लाखे प्रदर्शन गरिएको थियो ।

सोही अबसरमा आयोजित ज्योतिपुञ्ज कप २०८१ अन्तर्गत फुटबल प्रतियोगिता शुरु भएको छ । खेलको उद्घाटनमा भैरब स्पोर्ट क्लब नवलपरासी र फर्साटिकर युवा क्लब रुपन्देही बिचको प्रतिस्पर्धामा ट्राईबेकरमा फर्साटिकर युवा क्लब बिजयी भएको छ । खेल अबधिमा गोल हुन नसकेपछि ट्राईबेकरमा ४–५ गोलले फर्साटिकर बिजयी भई क्वाटर फाइनलमा प्रवेश गरेको छ । खेल लिग आधारमा भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com