2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाको रामपुरमा `ज्योतिपुञ्ज कप´ शुरु, उद्घाटन खेलबाट फर्साटिकर क्वाटर फाइनलमा प्रबेश

पाल्पाको रामपुरमा `ज्योतिपुञ्ज कप´ शुरु, उद्घाटन खेलबाट फर्साटिकर क्वाटर फाइनलमा प्रबेश


Sabalnews प्रकाशित मिति : शनिबार, कार्तिक ३ २०८१
2.4K

पाल्पा ।

पाल्पाको रामपुरमा दोस्रो “ज्योतिपुञ्ज कप” फुटबल प्रतियोगिता सुरु भएको छ । क्लबको २८ औं बार्षिकोत्सवको अबसरमा महाकुम्भका रुपमा क्लब स्तरीय खुला फुटबलको आयोजना गरेको हो ।

प्रतियोगितामा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशको गरि विभिन्न १० क्लबको सहभागिता छ ।

शनिबारको उद्घाटन खेलमा भैरव स्पोर्ट्स युवा क्लब नवलपरासीलाई फर्साटिकर फुटबल क्लब रुपन्देहीले पराजित गरेको छ । निर्धारित समयमा गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको हो । ट्राइब्रेकरमा ५- ४ ले फर्साटिकरले भैरव स्पोर्ट क्लब रुपन्देहीलाई पराजित गरेको हो । उद्घाटन खेलमा प्लेयर अफ दि म्याछ फर्साटिकरका गोलरक्षक शुभाकर जिसी हुन सफल भएका छन् । जिसीले नगद २ हजार २ सय २२ रुपया प्राप्त गरे ।

प्रतियोगितामा आयोजक ज्योतिपुन्ज युवा क्लब सहित युनाइटेड युथ क्लब गिरवारी पुर्वी नवलपरासी, फर्साटिकर फुटबल क्लब रुपन्देही, भैरव स्पोर्ट नवलपरासी, न्यू युथ युनियन तानसेन पाल्पा, गन्नी फुटबल क्लब पोखरा, त्रिशक्ति युथ क्लव काठमाडौ, देवदह ब्वाईज रुपन्देही, होराइजन क्लब वालिङ र २८ बिघा युथ क्लब कावासोती पुर्वी नवलपरासीले खेलमा प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष सुदीप गौतमले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले ३ लाख ३ हजार ३ सय ३३ र उपविजेताले १ लाख ७७ हजार ७ सय ७७ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com