2

Logo २०८३ बैशाख १४ सोमबार
१५ औं ‘इक्यान मल्टी डेस्टिनेसन एजुकेशनल फेयर २०२४’ काठमाडौंमा

१५ औं ‘इक्यान मल्टी डेस्टिनेसन एजुकेशनल फेयर २०२४’ काठमाडौंमा


Sabalnews प्रकाशित मिति : मंगलबार, असोज १५ २०८१
1.5K

काठमाडौं । 

‘१५औँ इक्यान मल्टी डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ बुधबार काठमाडौं बानेश्वरमा हुने भएको छ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा हुने मेला बिहान १० बजेदेखि साँझ ५ बजे सम्म चल्नेछ ।

इक्यानका अध्यक्ष शेषराज भट्टराईले कोरोना महामारीपछि पहिलो पटक भौतिक रूपमा मेला आयोजना गर्न लागिएको बताउनुभयो । “नेपाली विद्यार्थीहरूलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली, प्राप्त योग्यताको भावी सम्भावना र असरबारे पर्याप्त सूचना प्रवाह, शैक्षिक संस्थामा प्राप्त हुनसक्ने छात्रवृत्ति, सुविधा तथा जानकारी एवम् परामर्श सेवा प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो” उहाँले भन्नुभयो । अध्यक्ष भट्टराईले विद्यार्थीको उच्च शिक्षाको सपना साकार गर्न शैक्षिक मेला महत्वपूर्ण माध्यम हुने विश्वास व्यक्त गर्नुभयो

इक्यानका कोषाध्यक्ष तथा मिडिया तथा ब्रान्ड डिपार्टमेन्ट कोर्डिनेटर आशिक कार्कीका अनुसार मेलामा विद्यार्थीले विशेष गरी विश्वका विभिन्न शिक्षण संस्था, तिनका शैक्षिक प्रणाली, पाठ्यक्रम, भर्ना प्रक्रियालगायतका विषयमा जानकारी प्राप्त गर्न सक्नेछन् । साथै विभिन्न देशका प्रतिनिधिहरूसँग पनि साक्षात्कार गर्न पाइने इक्यानले जनाएको छ ।

विद्यार्थी, अभिभावक तथा सरोकार गरी १५ हजारभन्दा बढीले मेला अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।  इक्यान उपाध्यक्ष तथा मेला संयोजक गीता शिवाकोटीले मेलाले विद्यार्थी र अभिभावकमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिइएको बताउनुभयो ।

यस अघि असोज १३ गते हुने भनिएको मेला अबिरल वर्षापछिको प्राकृतिक विपत्तिका कारण एजुकेशनल फेयरले ३ दिन पछि गरि असोज १६ गते बुधबारलाई तय गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com