लोड गर्दै गरेको सालको गोलिया सहित तनहु प्रहरीद्दारा ट्याक्टर नियन्त्रणमा
तनहुँ ।
सालको गोलिया लोड गर्दै गरेको अबस्थामा तनहुँ प्रहरीले ४ जना मानिस सहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका ७ धारापानीमा व्यक्तिको बारीको साल काटेर लुकाई राखेको साल लोड गर्ने क्रममा प्रहरीले साल सहित संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ग १ त ५७८६ नम्बरको ट्याक्टरमा लोड गर्दै गर्दा ८ थान बोक्रा सहितको सालको गोलिया सहित नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोलीले सो कार्यमा संलग्न तनहु शुक्लागण्डकी नगरपालिका ६ का ३२ बर्षका प्रेम बहदुर बिक,शुक्लागण्डकी ६ नौविसेका २५ बर्षका पदम बहादुर सुनार, शुक्लागण्डकी ७ कोभ्रेका ३२ बर्षका सोम बहादुर नेपाली र ट्याक्टर चालक दाङ तुल्सीपुर उपमहानगरपालिका ३ का २१ बर्षका बिमल वलीलाई काठ सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
शुक्लागण्डकी नगरपालिका ७ धारापानीका मिराकल होटेल संचालक जनक साहुको बारीबाट काटेर लुकाई राखेको सालको गोलिया लोड गर्दै गर्दा सुचनाका आधारमा प्रहरीले नियन्त्रण गरेको इलाका प्रहरी कार्यालय बेलचौतारा प्रहरी निरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।