2

Logo २०८३ बैशाख १४ सोमबार
लुम्बिनी प्रदेशका पहाडी जिल्लामा अधिकांश सडक अवरुद्ध

लुम्बिनी प्रदेशका पहाडी जिल्लामा अधिकांश सडक अवरुद्ध


Sabalnews प्रकाशित मिति : शनिबार, असोज १२ २०८१
841

लुम्बिनी ।

लगातार परिरहेको झरीले गएको पहिरोका कारण लुम्बिनी प्रदेशका सबै पहाडी जल्लाका अधिकांश सडक अवरुद्ध भएका छन् । पानी रोक्ने अवस्था नभएको र निरन्तरको झरीले तत्काल सडक खुल्ने सम्भावना नरहेको भन्दै अति आबश्यकीय बाहेक यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रदेशभर बाढी र पहिरो चलरहेपनि अहिलेसम्म कुनै मानवीय क्षत नभएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

लुम्बिनी प्रदेशमा पर्ने पूर्वपश्चिम राजमार्गको दाङ सडकखण्ड अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डको केराबारी नजकै गएको पहरीले सडक अवरुद्ध छ । पाल्पाको आर्यभन्ज्याङ -पोखरा सडक पनि अगाहखोलामा पहिरो जादा अबवरुद्ध छ ।

लामो समयदेखि सडक अवरुद्ध भएपछि बुटवलदेख पोखरा, बाग्लुङ, गुल्मी, स्याङजा लगायतका जिल्ला जाने यात्रु र सवारीसाधन सडकमा अलपत्र परेका छन् । लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरिक्षक श्यामबहादुर खत्रीका अनुसार पाल्पा-बुटवल सडकखण्ड, गुल्मीका रिडी तम्घास सडक, रडी रुद्रवेणी वामीटक्सार सडक, अर्घाखाँचीको सन्धखर्कि गोरुसंगिे सडक, तम्घास सन्धखर्कि लगायतका सडकमा दर्जनौं सडकमा प्रहरी सावधानी र सुरक्षाको लागि खटाइएको छ ।प्रहरीले सडक अवरुद्ध । हाल सम्म प्रदेशमा मानवीय क्षत भएको छैन्,’ उनले भने, अति आबश्यक बाहेकको अवस्थामा यात्रा नर्गन अनुरोध छ ।

बन्द भएका राजमार्ग र सहायक सडकहरु खुलाउने प्रयास प्रहरी र सडक डिभिजन कार्यालयहरुको सहकार्यमा भईरहेको छ ।
लुम्बिनी प्रदेशको पहाडी जल्ला रोल्पाको त्रिबेणी गाउँपालका स्थित शहिद मार्ग पहिरोले पुणर् रुपमा अवरुद्ध छ । त्यस्तै गुल्मीको छत्रकोट गाउँपालकािका विभिन्न ठाउँमा गएको पहरोले रिडी तम्घास सडक खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ । धार्मिक क्षेत्र रडी कालीगण्डकीमा पानीको बहाव जलमग्न छ । रडीको तिनमुखे पुलको पहललो खण्डसम्मै पानी पुग्न थालेको छ ।

प्यूठानको प्यूठान भालुवाङ सडक खण्डको माण्डवी गाउँपालकािको गर्जेनी सिमलचौर, सरुमारानी गाउँपालकािको पाखुरी खोला नौबहनीि गाउँपालकािको कालमािटी स्थित मैरामारे क्षेत्रमा दर्जनौ पहरािे झरेका छन् । प्यूठान र रुकुम पूर्वका मुख्य र सहायक सडकपन अिवरुद्ध भएका छन् । रोल्पाको सहद िमार्गको तीन स्थानमा पहरािे गएको छ ।

लुम्बिनी प्रदेशका तराईका जल्लािहरु रूपन्देही, पश्चिम नवलपरासी, कपिलबस्तु, दाङ, बाँके र बर्दिया पानीको डुबानमा परेका छन् । नवलपरासीमा गण्डक, रुपन्देहीमा तिनाहु, दावन र रोहिणी, कपिलबस्तुमा वाणगंगा, दाङमा राप्ती नदीको सतह बढेपछ निदी कनािरका बासन्दािलाई सुरक्षित स्थानमा सारएकिो लुम्बनीि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिब राजेन्द्रप्रसाद पन्थीले बताए । देशभर २३ सडकको ६८ ठाउँमा सडक अबरुद्ध छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com