2

Logo २०८३ बैशाख १४ सोमबार
उपभोक्ता समिति र टोल विकास संस्थालाई अभिमुखिकरण

उपभोक्ता समिति र टोल विकास संस्थालाई अभिमुखिकरण


Sabalnews प्रकाशित मिति : शुक्रबार, असोज ११ २०८१
1.4K

पाल्पा ।

पाल्पाको रामपुर नगरपालिकाले योजना सम्झौतादेखि फर्‍यौटका विषयमा उपभोक्ता समिति र टोल विकास संस्थाहरुलाई जानकारीमूलक अभिमुखिकरण गरेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिका र वडागत रुपमा सञ्चालन हुने विभिन्न योजनाका उपभोक्ता समिति र टोल विकास संस्थाका पदाधिकारीलाई वडामा पुगेर योजना संचालन सम्बन्धी जानकारी दिएको हो । यसबर्ष वडा र नगर स्तरीय गरि ३ सय ७४ योजना पालिकामा छ ।

उपभोक्ता समिति र टोल विकास संस्थाका पदाधिकारीहरुलाई योजना निर्माणको प्रक्रिया, उपभोक्ता समिति गठन, काम कर्तव्य र अधिकार, योजना अनुगमनको प्रक्रिया, प्राविधिक पक्ष, सम्झौता र भुक्तानी प्रक्रिया, आवश्यक कागजात लगाएतका विषयमा सहजिकरण गरिएको हो । यस आर्थिक वर्षमा सञ्चालन हुने योजना कार्यन्वयनमा सहज होस भनेर नगरपालिकाले सबै वडामा सो वडाका योजनाका सम्बन्धित व्यक्ति र टोल विकास संस्थालाई डाकेर अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पण्डितले नगर विकासमा ध्यान दिन अनुरोध गर्दै यसबर्ष सञ्चालन हुने सबै योजना समयमा नै प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह समेत गर्नुभयो ।

रामपुर नगरपालिकाका आन्तरिक लेखा परिक्षण अधिकृत हृदेश पन्थीले विधि र प्रक्रिया पुरा गरेर योजना सञ्चालन गर्न अनुरोध गर्नुभयो । प्राविधिक प्रमुख रञ्जन न्यौपानेले स्टमेट अनुसारको सामाग्रीको प्रयोग र गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो । रामपुर नगरपालिकाका लेखा शाखा प्रमुख सिता न्यौपानेले योजना सम्पन्न भए पश्चात आवश्यक सबै कागजात पूरा गरेर मात्र भुक्तानीका लागि आउनुपर्ने बताउनुभयो । योजना शाखा प्रमुख विक्रम बस्नेतले योजना समयमै सम्झौता गरी समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

गत भदौ २४ गते देखि सञ्चालन भएको अभिमुखिकरण नगर भित्रका सबै वडा कार्यालयमा छुट्टाछुट्टै चलेको हो । रामपुर नगरपालिकाले सबै वडा कार्यालयबाटै योजना सम्झौता संगै बैंक खाता खोल्ने जनाएको छ भने आवश्यकता अनुसार वडा कार्यालयबाटै योजनाको भुक्तानी गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com