बाल दिवसमा बाल संगठन पाल्पाद्दारा बिबिध कार्यक्रम सम्पन्न
पाल्पा ।
“बालबालिकामा लगानी, सुनिस्चित भबिष्य” भन्ने मुल नारा का साथ ६० औं बालदिवस कार्यक्रम नेपाल बाल सङ्ठन जिल्ला कार्यसमिति पाल्पाको आयोजनामा तानसेनमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि पत्रकार सेनानि तथा संगठनका सल्लाहकार मेघराज शर्माले कार्यक्रमको उद्घाटन गर्नुहुदै बालबालिका भबिष्यका कर्णधार हुन भन्नु हुदै बाल अधिकार्को सुनिश्चितताको लागि सबैको सहयोग आबश्यकता रहने बताउनुभयो ।

बालमन्दिर प्राथमिक बिद्यालयका अध्यक्ष शिव बश्यालले बाल मन्दिरको अवस्था बारेमा जानकारी गराउनु भएको थियो।कार्यक्रममा बाल संगठनका भुतपुर्व अध्यक्षहरु बुद्धि प्रसाद शर्मा, देबराज ढकाल, तानसेन नगरपालिकाको कार्यपालिका सदस्य सिता बस्नेत, शिक्षा प्रमुख कोपिला नेउपाने लगायतले बालबालिकाको हक अधिकारका बारेमा बोल्नु भएको थियो ।
३ दिन सम्म संचालित कार्यक्रम अन्तर्गत हाजिर जवाफ प्रतियोगिता, चित्र कला प्रतियोगिता, नृत्य प्रतियोगितामा बिजय हुने प्रतियोगीहरुलाई प्रमुख अतिथि शर्माले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभयो।
दिवसकै अबसरमा बाल मन्दिरमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाइ अध्यक्ष सोमनाथ शर्मा अर्यालले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो।
कार्यक्रम संगठनका सचीव नबिन थापाको स्वागत शिक्षक भावना खनालको सन्चालन र अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको संगठनका सदस्य राजेन्द्र लिगलले जानकारी दिनुभयो।