2

Logo २०८३ बैशाख १३ आइतबार
ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु) पक्राउ

ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु) पक्राउ


Sabalnews प्रकाशित मिति : बुधबार, भाद्र २६ २०८१
1.1K

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु) भनिने सूर्यमान शङ्करलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ परेका सूर्यमानले सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रकम ठगी गरेको अभियोगका आधारमा पक्राउ गरिएको सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

उनले भने, “पक्राउ परेका सूर्यमानले नक्कली कागजात बनाउने, कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो।”

पक्राउ परेका सूर्यमानले विदेश लैजाने भन्दै एक जनाबाट कम्तीमा पनि रु १५ देखि २० लाखसम्म उठाउने गरेको जानकारी आएकाले उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी उपरीक्षक बोगटीले बताए।

पक्राउ परेका निज सूर्यमानको आज जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान सिआइबीले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com