मुख्यसचिवमा स्याङ्जाका एकनारायण अर्याल नियुक्त
स्याङ्जा ।
सरकारले नयाँ मुख्यसचिवको रुपमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो।
मुख्य सचिव लीलादेवी गडतौला शुक्रवार (भोली) देखि अनिवार्य अवकाशमा जान लागेसँगै नयाँ मुख्य सचिवमा अर्याललाई नियुक्ति दिइएको हो । निजामती प्रशासनमा सुधारवादी प्रशासकको छवि बनाएका अर्याल निर्णय क्षमतामा अब्बल सचिवका रूपमा चिनिन्छन्।
स्याङ्जा पुतलीबजार जन्मघर रहेका मुख्यसचिव एकनारायण अर्याल स्याङ्जा जिल्लाले मुख्यसचिवको रुपमा पाएका दोस्रो व्यक्ति हुन्। यसअघि निजामती सेवाको सर्वोच्च पद मुख्यसचिवमा स्याङ्जाबाटै लोकदर्शन रेग्मी पुगेका थिए भने हाल उनी राजदूतको रुपमा कार्यरत छन्।